
काठमाडौं, ११ चैत । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा करेक्सन भएको छ । कारोबार रकम भने सन्तोषजनक रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ । नेप्सेमा ०.८२ प्रतिशतले गिरावट हुँँदा सेन्सेटिभ इन्डेक्स ५००.४६ अंकले घटेको छ । यसदिन १५ अर्ब ९ करोड ४१ लाख ६ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन ३४५ कम्पनीहरुको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १ लाख ३८ हजार २५६ पटक किनबेच भएको छ । सबैभन्दा बढी न्यादी ग्रुप पावर लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ५२ करोड ४७ लाख ४७ हजार ५९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स लिमिटेढको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी अभियान लघुत्ति वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । १३ उपसमूहरुमध्य २ वटामा हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ ।
























