
पोखरा, ७ पुस । पोखरा महानगरपालिका वडा नं ३ मा आज बिहान सडक भासिएको छ । भासिएको सो स्थानमा खाल्डो पुर्ने काम भईरहेको छ ।
बिहान पौने ११ बजेतिर वालमन्दिर अगाडी, नदीपुर प्रहरी बिटको केहि तल सडक भासिदा यातायातका साधनहरुलाई बैकल्पिक बाटोबाट पठाईएको छ ।
ट्राफिक प्रहरीले प्रहरी बिटबाट पश्चिमको र कन्या क्याम्पस अगाडीको बाटोबाट सवारी साधनको आवत जावत मिलाएको जनाएको छ ।
भासिएको स्थानमा सडक डिभिजन कार्यालयबाट आएको डोजरको सहायताले खाल्डो पुर्ने र केहि तल थरथराएको भाग खोस्रेर निरिक्षण् गरेर पुर्ने काम भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























