
फ्नोम पेन्, २७ मङ्सिर । कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ–१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ ।
विज्ञप्तिमा बिहान ५ः५० र ५ः५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ । त्यसपछि बिहान ६ः०२ र ६ः०७ बजे चेई चम्नास पुल नष्ट गर्न दुईवटा बम प्रहार गरियो भने ६ः१२ बजे पुरानो चेई चम्नास पुलमा थप बम प्रहार भएको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयले भनेको छ, “थाइल्याण्डको बमबार्डमेन्ट अझै रोकिएको छैन ।” थाइल्याण्डको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
कम्बोडिया–थाइल्याण्ड सीमाक्षेत्रको विवाद ७ डिसेम्बरदेखि पुनः शुरू भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बताउनुभयो,“उहाँले थाइल्याण्ड र कम्बोडियाका नेतासँग फोनमार्फत वार्ता गर्नुभयो र दुवै पक्षले शुक्रबार साँझदेखि लागू हुने युद्धविराम स्वीकार गर्नुभयो ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























