
पोखरा कार्तिक २३/ ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग ९एनपिएल०’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपिएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ । यसअघि एनपिएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह९प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।
ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो । देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपिएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको छ।
एसपिजि अटोमोबाइल्स प्रा।लि।का निर्देशक गौरव शारडाका अनुसार, “ओमोदा एन्ड जेयकू ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट तथा नेपाली क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा जोडिन्छ। यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढावा दिँदै, नेपाली युवाहरूलाई खेलसँग निरन्तर जोडिन प्रोत्साहित गर्न चाहन्छौँ ।”






















