
काठमाडौं, २४ असाेज । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर २५ किलाे बनाएकाे छ। अब दैनिक रुपमा साविककाे २० किलाेकाे सट्टामा बढाइएकाे सुन आयातको सीमा अनुसार २५ किलो आयात गर्न पाइने भएकाे छ ।
यतिबेला नेपालकाे समय चाडबाडकाे रहेकाे छ । याे बेलामा नेपालीले सुनका गरगहनाकाे प्रयाेग गर्ने परम्परागत मान्यता रहेकाे छ । साथै बजारमा सुनको माग बढेकाेले राष्ट्र बैंकले आयातको कोटा बढाएको जनाएकाे छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालाे लागिरहेकाे छ । नेपालमा पनि रेकर्ड ब्रेक गरिरहेकाे छ । भाउ अझै बढ्ने अनुमान गरिएकाे छ भने किनबेच गर्नेहरुकाे भीड बढेकाे छ । व्यवसायीका अनुसार अब दैनिक रुपमा साविककाे २० किलाेमा थप पाँच किलोसहित २५ किलाे सुन आयात गर्न पाउने भएपछि बजारमा केहि सहजता हुनेछ ।
यसअघि लामाे समयदेखि व्यवसायीहरूले सुनको कोटा बढाउन माग गरिरहेकाे थिए । नेपालमा सुनको आयात वाणिज्य बैंकहरूले गर्दै आएका छन्।
























