पाेखरा, २४ असाेज । पोखरा महानगरपालिका वडा नम्बर ५ मा नागरीक सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्थाका बारेमा छलफल गरिएकाे छ ।

साे क्षेत्रका अग्रज व्यक्तित्व, जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित समितिका संयोजक राजेन्द्र अधिकारीको संयोजकत्वमा बैठक सम्पन्न बसेकाे हाे । बैठकमा १८ जना बक्ताले पोखरा ५ का विभिन्न टोलका समस्या तथा समग्र सुरक्षाका बारेमा आफ्नाे बिचार राखेका थिए ।

समितिले सुरक्षा निकाय, नागरिक समाज र जनप्रतिनिधिहरुसँग सहकार्य गरेर काम गर्ने छ । चाडपर्वकाे बेलामा चोरी, कालोबजारी लगायतका घटना बढी हुने गरेका छन् । हालैकाे आन्दोलनका कारण सुरक्षा निकायहरुसँग आवश्यक गाडीसहितका व्यवस्था पनि कम भएको अवस्थामा नागरिक स्तरबाट पहल गरिएको हो ।

उक्त समितिले नागरिक र स्थानिय सरकार, सुरक्षा निकाय र प्रशासन बिचमा पुलको रुपमा काम गर्नेछ । समाजलाई सुरक्षित, सभ्य र मर्यादित बनाउन सबैको सहयोग, सुझाव र साथ मिल्ने अपेक्षा गरिएकाे बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0