
नारायण शर्मा, नवलपरासी, २ असाेज ।
बर्दघाट नगरपालिकाले गत भदौ २४ र २५ गतेको देशब्यापी जेन जी आन्दोलनका क्रममा निजि र सार्वजनिक सम्पत्ति तोडफोड र आग्जनीमा संलग्न रहेका निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाई कारबाहि शुरु गरेको छ ।
जेन जी आन्दोलनकाक्रममा बर्दघाट नगरपालिकाको कार्यालय, मेयर, उपमेयर, पूर्व मेयर र संबिधान सभा सदस्य बिक्रम खनाल अन्य मुख्य दलका नेताहरुको निजि निवास र सम्पतिमा आग्जनी र तोडफोड भएको छ । नगरपालिकाको कार्यालय र मुख्य नेताको घरघरमा भएको आग्जनी र तोडफोडको घटनामा निर्वाचित जनप्रतिनिधि र नगरपालिकामा कार्यरत हालका कर्मचारी नै सम्लग्न भएको भेटिएपछि नगरपालिकाले कारबाहि अघि बढाएको हो ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले टेलिफोनमा दिएको जानकारी अनुसार बुधवार बर्दघाट नगरपालिकाका मेयर सम्भुलाल श्रेष्ठ संयोजकत्वमा ७ सदस्य रहेको छानविन समिति बनाइएको छ । समितिमा उपमेयर, न्यायिक समितिका प्रतिनिधि, वडा अध्यक्ष र नगरकार्यपालिकाका सदस्यहरु रहेका छन ।
गत भदौ २४ र २५ गते बर्दघाट नगरपालिका भित्र भएका हिंसात्मक घटनामा निर्वाचित जनप्रतिनिधि र कर्मचारी नै सम्लग्न रहेको पाइएको छ । उनिहरु संलग्न हिंसात्मक घटनाका बारेमा अध्ययन अनुसन्धान गरेर समितिले दिने सिफारिसका आधारमा कार्यबाहि अघि बढाइने पौडेलले जानकारी दिए ।
छानविन समितिमा म छैन म नया पनि भएकाले सबैको नाम थाहा छैन छानविन समितिले चाडै नाम सार्वजनिक गर्छ पौडेलले भने ।
जनप्रतिनिधिको सबै सेवा सुबिधा बन्द गर्ने र कर्मचारीलाई नगरपालिकावाट हटाउने ( निस्कासन गर्ने ) सम्मको कारबाहि गर्ने सहमती भएको मेयर शम्भुलाल श्रेष्ठले जानकारी दिए । प्रारम्भिक छानविनमा कम्तीमा ८ जना ( जनप्रतिनिधि र कर्मचारी) संलग्न रहेको प्रमाण फेला परेको छ बताइएको छ ।
छानविन र अनुसन्धानकै क्रममा रहेकाले घटनामा संलग्नहरुको नामावली आजै सार्वजनिक नगर्ने नगरपालिका श्रोतको भनाई छ ।
भदौ २४ र २५ गते बर्दघाट नगरपालिका भित्र नेताहरुका निजि निवास, कार्यालयमा तोडफोड र आग्जनी भएको थियो । त्यसमा संलग्न भएको फोटो , भिडियो र आवाजलाई प्रमाण मानेर मेयरको संयोजकत्वमा गठित छानविन समितिले कारबाहि अघि बढाउन अनुसन्धान शुरु गरेको हो ।
बुधवार सम्पन्न नगरकार्यपालिकाको बैठकले तोडफोड र हिंसात्मक गतिबिधिमा संलग्न भएका जनप्रतिनिधिको असोजदेखि पाउने सबै सेवा सुबिधा रोक्का गर्ने निर्णय गरेको छ । वडा सदस्यहरुले माशिक तलब,भत्ता पाउछन । त्यसैगरि हिंसात्मक घटनामा संलग्न नगरपालिकाका कर्मचारीलाई सेवावाट हटाउने निर्णय कार्यपालिकाको बैठकले गरेको छ । करार सेवामा रहेकाहरुलाई सेवावाटै हटाउने र स्थायी कर्मचारीलाई निजामती ऐन अनुसार कारबाहिगर्ने मेयर श्रेष्ठले जानकारी दिए । छानविन समितिले काम गरिहेकाले प्रमाणका आधारमा चाडै कारबाहि गरिने मेयर श्रेष्ठले बताए ।


























