पोखरा, २३ भदाै । लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व पाएकी छन्। संघमा एक दशक बढीको लगाव राखेकी जानुका पराजुली अधिकारीले बाजि मारेकी हुन् । उनको प्यानलले संघको निर्बाचनमा ‘क्लिन स्विप’ गरेकाे छ ।

जानुकाले प्रतिद्वन्दी राजेन्द्र ओझालाई १ सय ६३ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। यस अगाडी जानुका संघको महासचिबको जिम्मेवारीमा थिईन । राजेन्द्र बरिष्ठ उपाध्यक्ष थिए। अध्यक्षमा बिजयी जानुकाले ९ सय ९६ मत र उनका प्रतिद्वन्दी राजेन्द्रले  ८ सय ३३ मत मात्र प्राप्त गरे।

जानुका र राजेन्द्रले छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा थिए । संघको बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोलाले ९ सय ६६ मत पाएर विजयी भए । उनका प्रतिद्वन्दी उपेन्द्रराज सुबेदी राजुले ८ सय ५३ मतमा चित्त बुझाउनुपर्यो। सुबेदी १ सय १३ मतले पराजित हुन् पुगेका छन। सुबेदी नेपाली काँग्रेस निकट भएकोले उनलाई कांग्रेस निकटको मत पनि जाने र उनले जित्न सक्ने अनुमान धेरैले गरेका थिए। बाँस्तोला माओबादी भएको कारण कांग्रेस निकट ब्यबसायीको मत पाउने आशामा सुबेदी रहेपनि मतदाताले प्यानलमा नै बढी मत दिए ।

प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्यले १ हजार १ सय ५० मत पाएर बिजयी भए। प्रतिद्वन्दी मेनुका श्रेष्ठले ६ सय ७४ मत मात्र प्राप्त गरिन। अघिल्लो निर्बाचनमा उनै श्रेष्ठलाई मात्र ६ मतले पराजित गरेर द्वितीय उपाध्यक्ष निर्बाचित भएका कर्माचार्य यस पटक पनि उनैसंग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यतामा परे।र यसपटक ४ सय ७६ मतको फराकिलो अन्तरले कर्माचार्य प्रथम उपाध्यक्ष बिजयी भए।

संघको द्वितीय उपाध्यक्षमा जानुका प्यानलका ध्रुबबाबु भट्टराई आइडीले अन्य उमेदवारको भन्दा बढी अर्थात ६ सय १५ मतको फराकिलो अन्तरमा आफ्ना प्रतिष्पर्धीलाई पराजित गरेका छन। जानुका प्यानलका ध्रुबले १ हजार २ सय १८ मत पाउँदा उनका प्रतिद्वन्दी धिरज कुमार श्रेष्ठले ६ सय ३ मत मात्र प्राप्त गरे।

संघको महासचिब पदमा भने अन्य पदाधिकारीको तुलनामा बढी प्रतिष्पर्धा रहेको मतगणनाको परिणामले देखाएको छ। जानुका प्यानलका महासचिबका उमेदवार भरतराज ओझाले ९ सय ५५ मत पाएर बिजयी बन्दा उनका प्रतिद्वन्दी जिबन तिवारीले ८ सय ७६ मत प्राप्त गरेका थिए। उनीहरुको बिचमा ७९ मतको मात्र अन्तर छ।

उपमहसचिब पदमा जानुका प्यानलकी गङ्गाकुमारी मल्लले १ हजार ६६ मत पाएर निर्बाचित भईन। उनका प्रतिद्वन्दी लक्ष्मी प्रसाद ढुंगानाले ७ सय ६६ मत मात्र प्राप्त गरेका थिए। जस अनुसार मल्लले ३ सय मतले ढुंगानालाइ पराजित गरेकी हुन्।

कोषाध्यक्षमा जानुका टिमका हरी बस्ताकोटी विजयो बनेका छन। उनले १ हजार २७ मत पाउँदा प्रतिद्वन्दी टिकाराम सापकोटाले बस्ताकोटीको भन्दा २ सय ४९ मत कम अर्थात ७ सय ७८ मत मात्र प्राप्त गरेका थिए। आइतबार बिहान ८ बजेबाट मतगणना शुरु भएपनि राति करिब दुई बजे कार्य समितिका सदस्यहरुको मतगणना सम्पन्न भएको हो।

एसोसिएट सदस्यमा जानुका प्यानलका भण्डारी बिजयी बने

लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिमा एसोसिएट सदस्य तर्फबाट कार्यसमितिको सदस्यमा जानुका पराजुली प्यानलका उमेदवार दयाराज भण्डारी बिजयी भएका छन । उनले २७ मत प्राप्त गरे। उनका प्रतिद्वन्दी राजेन्द्र ओझा प्यानलका उमेदवार प्रवेश बन्जराले २१ मत मात्र प्राप्त गरे। कार्यसमितिको संस्थागत सदस्यमा बिरभद्र कंडेल निर्बिरोध निर्बाचित भए।

सदस्यहरुमा जानुकाकै प्यानलको ‘क्लिन स्विप’,

संघको आगामी कार्यकालको लागी निर्बाचित कार्यसमितिको खुला सदस्यहरुमा पनि जानुका प्यानलका उमेदवारहरु नै विजयी भएका छन। कार्यसमितिको सदस्यमा १६ जनाले उमेदवारी दिएकोमा ८ जना निर्बाचित हुने ब्यबस्था अनुरुप जानुका प्यानलबाट उमेदवारहरु मध्ये सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुन (भविन) ले १ हजार ३६, बिरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत पाएर निर्बाचित भएका छन।

अन्य सदस्यहरुमा दिपक अधिकारीले ९ सय ६०, प्रभा कुमारी पौडेल लामिछानेले ९ सय ४४ मत पाएर निर्बाचित भए भने कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी दुबैले ८ सय ८३ र  प्राप्त गरेर कार्यसमितिको खुला सदस्यमा बिजयी बने। दुईजना महिला सदस्यहरुमा पनि जानुका प्यानलकी शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत एबम गङ्गा सापकोटा परियारले ९ सय १० मत पाएर बिजयी भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0