
पोखरा, २१ भदाै । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनको २६ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
साधारण सभाले वार्षिक प्रतिवेदन २०८२ परित गरेको छ । एशोसिएसनका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव विजेन्द्र चौधरीले प्रस्तुत गरेको प्रतिवेदन तथा कोषाध्यक्ष निहाल अन्सारीले प्रस्तुत गरेको प्रतिवेदन पास गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अटो व्यवसायीका समस्याहरु र वर्तमान चुनौतीहरुको बारेमा आफु जानकार रहेको बताए ।
मन्त्री थापाले २६ वर्ष अगाडीको अवस्था र अहिलेको अवस्थामा धेरै फरक भईसकेकोले समयअनुसार व्यवसायको क्षेत्रमा लाग्नुपर्ने बताए । उनले व्यवसायीको हकहितको लागि आफु प्रतिवद्ध रहेको बताए । मलाई थाहा छ यहाँहरुले संस्थालाई अब्बल बनाउदै अगाडी बढ्नु भएको छ । यहाँहरुको वार्षिक प्रतिवेदनले नै त्यो देखाईसकेको छ । नयाँ कार्यकालको ७, ८ महिनामा २०८१ म्ंसिर २२ गतेदेखि हालसम्म ७८ वटा कार्यक्रम गरिसक्नु भनेको चानचुने कुरा होईन ।
संस्थालाई अँझैं क्रियाशिल बनाउन तपाँईहरु लाग्नस् मन्त्री थापाले भने, प्रदेश सरकारले १९ प्रकारका तालिमहरु संचालन गरिरहेको छ । यसमा अटो क्षेत्रका तालिमहरु प्नि रहेका छन् । २० जनाको समूह बनाएर आएमा तालिमको व्यवस्था गर्न सकिने, सिड पनि उपलव्ध गराईने तथा अलि ठूलो कामका लागि हो भने बैंकीङ लोनको ५० प्रतिशत ब्याज सरकारले व्यवस्था गरिदिने बताए ।
पोखरामा अटो ल्याण्डको खाँचो एकदमै छ । म पोखरा उद्योग वाणिज्य संघमा हुँदा पनि व्यवसायीहरुबीचमा कुरा चलाएको, अहिले पनि बन्नुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै यसमा अझैं बढी पोखरा महानगरपालिका जिम्मेवार बन्नुपर्ने र उस्को कार्यक्षेत्र भएको बताए । उनले मन्त्रालयको तर्फबाट कुनैपनि बेला आवश्यक परेमा समन्वय र सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष गोपाल भट्टराईले देशभरका अटो मेकानिक्सहरुको अभिभावक संस्थाको नेतृत्वमा रहिरहँदा मैले गण्डकीलाई निकै चलायमान भएको देखिरहेको छु । विष्णुजीको समिति निकै सक्रिय भएर लागिरहेको छ । यसैको प्रतिफल हो प्रतिवेदनमा ७८ वटा कार्यक्रम सम्पन्न भईसकेका छन् । व्यावसायीक समस्याहरु त छँदैछन् तर सामाजिक उत्तरदायीत्व इमान्दारिका साथ बहन गर्नु धेरै राम्रो कुरा हो ।
अध्यक्ष भट्टराईले सो अबसरमा भने, अब हामी पुरानै पारामा चल्ने अवस्था छैन । समय र प्रविधिले फड्को मारिसकेको छ । हामी डिजिटल एजमा रहेका छौं । जमाना डिजेल, पेट्रोलको प्रयोग कम गर्ने र इलेक्ट्रिक गाडीको प्रयोगको चरणमा गईसकेको छ ।
अब हामीहरुले पनि इभिका लागि चाहिने तालिमहरु लिनुपर्ने र सरकारले यसमा सहयोग गर्नुपर्ने बताए । यूरो ६ को मापदण्डलाई मान्नु पर्ने भनिरहँदा त्यसका लागि आवश्यक पूर्वाधारमा सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए । सो अवसरमा उनले भारतबाट मेकानिक्सहरु नेपाल आएर वा ल्याएर काम गराई रहेको अवश्थालाई मध्येनजर गरेर दर्ताको माध्यमबाट काम गराउनु पर्छ । अझैं पुरानो शैलीलाई नै पछ्याएर काम गर्ने बेला नभएको उनले बताए ।
भिजि मोटर्सका सिइओ विवेक बिजुक्छेले देशभरका अटो मेकानिक्सहरुले देश र यहाँका सावरी धनीहरुको सेवा गरिरहेको बताए । उनले प्रविधिको विकाससंगै हाम्रो काममा पनि चुनौती थपिएको र काममा बाधा उत्पन्न भईरहेको बताए । हामीलाई बिस्थापित पनि बनाईरहेको छ । उनले भने, उहिले रेडियो, घडी बनाउन जानु पर्यो भने एउटा जिल्लाबाट अर्को जिल्लासम्म जानु पर्थ्र्यो ।
तर अहिले हात हातमा मोबाईल आईसक्यो । त्यसैमा रेडियो पनि बज्छ र घडी पनि हेर्न पाईन्छ । यति मात्रै नभई संसारभरका सूचना हातमै राखेर हेर्न पाइन्छ । यस्तै गाडीहरु पनि डिजेल, पेट्राेलबाट नभई इलेक्ट्रिक आईसके । अब परम्परागत सिपलाई समय अनुकुल बनाउन नसके, तालिमहरु नलिए ८० प्रतिशत व्यापार घाटा हुने अवस्था आउन सक्ने भएकोले सचेत हुनैपर्नेमा जोड दिए।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले संघ अटोमेकानिक्सहरुको नजिकै रहेको र पोखराको यातायात क्षेत्रलाई सुरक्षित बनाउन एशोसिएसनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले जमाना अनुसार प्राविधिक ज्ञानको दायरालाई बढाउनु पर्नेमा जोड दिदैं वर्गिय हकहितको लागि पोखरा उद्योग वाणिज्य संघ सधैं साथमा रहेको बताए ।
कार्यक्रममा सहभागिलाई स्वागत गर्दै अध्यक्ष विष्णुप्रसाद अधिकारीले यसवर्ष क्यालेण्डर प्रकाशन, रक्तदान, स्तरोन्नतिका लागि ९६ घन्टाको तालिम, व्यवसाय प्रवर्धन कार्यक्रम, डेङ्गु रोगको नियन्त्रणको लागि सचेतनामूलक अभियान संचालन लगायत झण्डै ७ दर्जन कार्यक्रम गरिएको बताए ।
सो अवसरमा उनले पोखरामा अटोल्याण्डको आवश्यक्ताको कुरा उठाईरहेको, जग्गा खोजि र वजेट पार्न पनि सफल भएको बताउँदै अध्यक्ष अधिकारीले पोखरा महानगरपालिकाले चसो नदिएको गुनासो व्यक्त गरे ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गरेर आर्थिक, नैतिक सिप र ज्ञानको दायरालाई फकिलो बनाउदै जिल्ला जिल्लाका व्यवसायीहरुको हकहितको लागि हातमा हात मिलाएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
महासचिव विजेन्द्र चौधरीले मेकानिक्सहरुको अवस्था दयनिय भएको बताए । उनले पोखरामा अन्तराष्टिय विमानस्थ बनेपछि पोखरा महानगरपालिकाले लखेटिरहेको बताए । राजश्व उठाउन छोडेको छैन तर हामी बिस्थापित भएर याम्दी, चाउथे लगायतका क्षेत्रमा काम गरिरहेका छौं । चौधरीले भने, पोखरामा व्यवस्थित अटोभिलेज नहुँदा वर्कसप असुरक्षित र उच्च जोखिम मोलेर काम गर्न वाध्य भएका छौं ।
कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष सन्तोष कुमार मिश्र, सल्लाहकार सानुमान जलारी, महासंघका वरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपाली, महासंघका पूर्व प्रदेश संयोजक सनत कुमार भट्टराई, प्रेस संयोजक कृष्ण बहादुर थापा लगायत गण्डकी प्रदेशका जिल्लाहरुबाट आएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा व्यवसायी छोराछोरी र तीन महिलालाई सम्मान गरिएको थियो भने कर्याक्रममा सहयोग गर्ने सम्पूर्ण व्यवसायीलाई मायाको चिनो प्रदान गरिएको थियो



























