काठमाडौं, १९ भदाै । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको कानुन अनुसार दर्ता गरेर चलाउन अटेर गरेका फेसबुक लगयातका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । बुधबार सम्मकाे अल्टिमेटमलाई बेवास्ता गरेपछि मन्त्रालयले साे निर्णय गरेकाे बिहिबार जनाएकाे छ ।

मन्त्रालयले गरेकाे याे निर्णयसँगै सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णय कार्यन्वयन भएकाे छ । हाल नेपालमा भाइबर, टिकटक, विटक र निम्बज लगायतका सामाजिक सञ्जाल सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरणकाे लाइनमा बसेका छन् ।

तर फेसबुक, ट्वीटर र वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणमा नरहेर अटेर गरिरहेका छन् । उनीहरुका धेरै प्रयोगकर्ता रहेका भएपनि नेपाल सरकारकाे सूचीकरणमा रहनुकाे कारण भने उनीहरुले खुलाएका छैनन् ।

सरकारले अन्तिमपटक दिएको सात दिने अल्टिमेटम बुधबार सकिएकाे हाे । मन्त्रिपरिषद्काे निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ १२ गते सूचना जारी गरेर नेपालमा चलाइने सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन बाेलाएकाे थियो । सा समयमा दर्ता हुन नआएपछि ति सामाजिक सञ्जाललाई बन्द गर्दै जाने मन्त्रालयको सूचनामा लेखिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0