
पोखरा,भदौ १९/ पर्यावरणीय कृषि र खाद्या प्रणाली रुपान्तरण बिषयमा नीति सम्वाद कार्यक्रम आयोजना भएको छ ।
बिहिबार पोखरामा ली–बर्ड र कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आयोजनामा पर्यावरणीय कृषि र खाद्या प्रणाली रुपान्तरणमा नीति सम्वाद कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदश्य दमयन्ति रुचालले गण्डकी प्रदेश सरकारले कृषिको क्षेत्रमा गरेको गतिबिधिको बारेमा जानकारी दिदै चर्चा गर्रनुभयो ।उहाँले कृषिमा राज्यले दिएका अनुदान सहयोग तल्लो तह सम्म नपुगेको गुनासो गर्दै,स्थानिय तहलाई महत्व दिदै कार्यक्रम तयार पर्न जोड दिदै कुनैपनि गतिबिधिमा हस्तक्षेप नर्गन आग्रह गर्नुभयो।
भू–उपयोग परिषद्का सदश्य र ली–बर्डका कार्यकारी बोडका बेनी बहादुर बस्नेतले नेपालमा पर्यावरणीय कृषि र खाद्य पद्धतिलाई अगाडि बढाउनका लागि राष्ट्रव्यापी मार्गचित्र आवश्यक रहेको बताउनुभयो । अहिलेको खाद्य प्रणालीले वातावरणसँगै मानव स्वास्थ्यलाई पनि असर पारिरहेको बताउदै दिगो खेतिपातीलाई चुनौती पु¥याइरहेको अध्ययनले देखाइरहेका त्यस तर्फ ध्यान दिन उहाँको आग्रह थियो ।
ली–वर्डका कार्यकारी निर्देशक भरत भण्डारीले पर्यावरणीय कृषि र खाद्या प्रणाली रुपान्तरण कार्यक्रम १ बर्ष देखि शुरु गरेको र अहिले यस सम्बन्धी खाका तयारी भइसकेको बताउदै राष्ट्रिय रुपमानै त्यस माथि छलफल गरि प्रयोगमा ल्याउने बताउनुभयो । उहाँले सुझाव संकलन गरि कार्यन्वयनमा लैजाने उद्धेश्य भएकाले पनि कार्यक्रम आयोजना गरि छलफल गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्यानल छलफल समेत भएको थियो छलफलमा बौल्दै पुरुन्चौर कृषि तथा बनविज्ञान अध्यन सस्थानका प्रमुख प्रध्यापक डा.दुर्गा देवकोटाले कृषिको क्षेत्रमा अहिलेका पुस्ता लाग्न नचाहेको बताउनुभयो । उहाँले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेको बताउनुभयो । युवालाई उत्पादनका क्षेत्रमा जोड्नुपर्नेमा जोड दिदैँ उहाँले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको स्पष्ट पार्नुभयो । कृषि क्षेत्रमा ठूलो आयात भइरहेको अवस्था उल्लेख गर्दै उहाँले युवालाई कृषि उत्पादनमा जोड्न सक्ने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै प्यानल छलफलमा भाग लिदै कृषि,भूमी ब्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सह सचिव बासुदेव काफ्लेले पर्यावरणीय कृषिको महत्व माथि प्रकाश पार्रनुभयो । उहाँले उत्पादनको तह बढेको बताउदै गुणात्मक हिसावले सोच्न आग्रह गर्नुभयो ।भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय,कर्णाली प्रदेशका बखत बहादुर खड्काले कणाली प्रदेश सरकारले अर्गानिक कृषि उत्पादनमा जोड दिदै आइरहेको बताउनुभयो । उँहाले रसायनिक मलको बिकल्पमा कर्णालीमा गोठेमल,जैविकमल र प्ररम्भीक मललाई प्राथमिकता दिदै आइरहेको उल्लेख गर्नुभयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडेरियाले दिगोे कृषिमा महानगरपालिकाले गरेका कामहरुको बारेमा बताउनुभयो ।पोखरा महानगरपालिका वडा २५ झिर्भिmकाका कृषक उद्यमी मिना गुरुङले १६ बर्ष लामो कृषि कर्मको बारेमा बताउदै जैविक कृषिले उत्पादनमा सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सह सचिव डा.रामकृष्ण श्रेष्ठ,भुमी,कृषि तथा सहकारी मन्त्रालयका गण्डकी प्रदेशका सहसचिव बाल कृष्ण श्रेष्ठले पर्यावरणीय कृषि र खाद्या प्रणाली रुपान्तरणको बिषमा बोल्नुभएको थियो ।
यस्तै कार्यक्रममा सहभागिहरु बिचमा प्रश्नउत्तर कार्यक्रम भएको थियो । संस्थाले यस अगाडि ३ दिने तालिम समेत आयोजना गरे थियो सोहि तालिममा सहभागिहरुले अनुभव शेयर गरेका थिए भने उनिहरुलाई प्रमाणपत्र पनि बितरण गरिएको थियो ।
























