पाेखरा, ७ असाेज । सराङ्गकोट बहुद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लि. को १९ औं वार्षिक साधारण सभा एवं सातौं अधिवेशनले शिव बहादुर बानियाँको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्य समिती चयन गरेको छ ।

समितीको उपाध्यक्षमा रामणी पौडेल, सचिव जयराम पौडेल, कोषाध्यक्ष शिव बहादुर थापा, सञ्चालक सदस्यहरुमा छविलाल तिमिल्सिना, आरती श्रेष्ट, रिता क्षेत्री, ध्रुव कुमार सुञ्चौरी, पुष्पा महर्जन रहेका छन् । लेखा समिती संयोजकमा कुल प्रसाद सुवेदी , सदस्यहरुमा माय कुमारी शर्मा र तारादेवी थापा रहेका छन् ।

सो साधारण सभाको शुभारम्भ गर्दै संस्थाका जेष्ठ सदस्य अधिवक्ता डा. कृष्ण गोपाल पराजुलीले सहकारी संस्थामा सदस्यहरुको सहभागीता महत्वपूर्ण रहने बताए ।

सञ्चालक समितीको तर्फबाट प्रतिवेदन राख्दै संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले संस्थामा ६३९ शेयर सदस्यहरु मार्फत यो वर्ष १ अर्व ८९ करोडको बचत संकलन गरी बचत फिर्ता १ अर्व ७८ करोड, लगानी ४६ करोड सहित ५६ करोड २४ लाखको वासलात रहेको बताए।

कार्यक्रममा शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल, शेयर सदस्यहरु मध्ये बचत, कारोबार, नियमित कर्जा, प्रोत्साहन सहित संस्थामा उत्कृष्ट कर्मचारी सम्मान पवन श्रेष्ट, सदस्य मध्ये जेष्ठ सदस्य सनकमान बाटाजु र शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मान गरीएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी, सुशिलराज पराजुली सल्लाहकार सोभियत बहादुर अधिकारी, कमलनयन गौतम, डा. इन्द्रमान महर्जन, इन्द्रकमल मानन्धर, निर्वाचन समिती संयोजक चिन्तामणी बास्तोला, सदस्य गणेश बहादुर अधिकारी, सञ्चालक सदस्य विकल पौडेल र तारादेवी थापा लगाएतले सहकारीलाई दिगो रुपमा परिणाम दिन सक्ने गरी योजना बनाउनु पर्ने बताए ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमा उपाध्यक्ष बसन्त बहादुर बानियाँ, सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणी पौडेल, लेखा संयोजक शिव बहादुर बानियाँ, व्यवस्थापक सुरेन्द्र थापाबाट राखिएको प्रतिवेदन, रणनितिक योजना, प्रस्तावित कार्यक्रमलाई पारित गरिएको छ ।

२०६३ मा सामुदायिक सहभागिता सहित रेडियो सराङ्गकोटको सञ्चालन गर्ने गरी शुरुवात गरीएको संस्थाले स्थापना देखी रेडियो सराङ्गकोटको प्रशारण, सामाजिक रचनात्मक कृयाकलापहरु, रक्तदान तथा शैक्षिक सहयोग लगायतका कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0