काठमाडौं, २ भदौ । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ । छापावाल सुनमा रुपैयाँ ८ सयले बढेकाे छ । चाँदीमा रुपैयाँ ५ ले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा ताेलामा रुपैयाँ ८ सयले बढेर ताेलाकाे एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । आईबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ ताेलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा काराेबार भइरहेकाे छ । आईतबार चाँदी ताेलाकाे दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0