पोखरा, ३१ साउन । पछिल्लो क्रममा जन्मदिनको अवसरमा रक्तदान गरेर सामाजिक उत्तरदायित्व बहन गर्ने र मानविय सेवामा सरिक हुने प्रचलन बढेको छ ।

यस्तैमा शनिबार पोखरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा सरिक भएका क्षत्री समाज नेपालका महासचिव तथा संचारकर्मि कृष्ण बहादुर थापाले ८२ औं पटक रक्तदान गरेर जन्मदिन मनाए ।

सो अवसरमा थापाले जोखिममा परेको कसैको पनि जीवन बचाउन रक्तदान जस्तो पुन्य कर्म अरु नभएको बताउँदै यो जस्तो ठूलो मानविय सेवा अरु कुनै नभएकोले सबैले तीन तीन महिनामा रक्तदान गर्नुपर्नेमा जोड दिए । उनले भने यसो गर्दा पुन्यको काम पनि हुन्छ र जीवन बचाउने कार्यमा योगदान हुन्छ । मैले मेराे जन्मदिनकाे तिथमा रक्तदान गरेर जन्मदिन मनाएँ मलाइ निकै सन्तुष्टि मिलेकाे छ ।

नेपाल रेडक्रस सोसाईटीले अत्याधुनिक सुविधायुक्त रक्तदान गर्नका लागि सिर्जनाचोकस्थित कार्यालयमा रक्तदान संकलन कक्ष निर्माण गरेर सेवा प्रवाह भईरहेको जनाएको छ ।

रेडक्रसले समाजका विभिन्न भागमा गएर घुम्ति रक्तदानका लागि सुविधा सम्पन्न बसको व्यवस्था पनि गरिसकेको छ भने सोहि बसभित्र नै आरामले रक्तदान गर्ने सुविधा प्रदान गरिरहेको रक्त संचार सेवा गण्डकीका प्रमुख अर्जुन ज्ञवालीले बताए ।

यस्तै सामाजिक संघ संस्थाहरुले पर्व विशेषको अवसर पारेर रक्तदान कार्यक्रमलाई बढावा दिन थालेका छन् । शनिबार पोखरा न्यूरोडस्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा छांगेली नेवाः खल (समाज) पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ युनिट रक्त संकलन भएकाे समाजका सदस्य स‌जय मल्लले जानकारी दिए ।

समाजले पितृ उद्धार पर्व गाईजात्राको अवसरमा पहिलो पटक खुल्ला रक्तदान गरेकोमा ६२ युनिट रगत संकलन भएको समाजले बताएको छ । समाजका समाजका कार्यबाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठले समाजको पहिलो कार्यक्रमबाट आफुहरु उत्साहित भएको र अब हरेक वर्ष कृष्ण जन्माष्टमीको दिनमा रक्तदान कार्यक्रम गर्दै जाने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष समेत रहेका कृष्ण थापा र सैनिक आवासिय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा व्यवसायका लागि पोखरा बसाइसराई गरि आएकाहरुको साझा संस्था छाङ्गेली नेवा खलले विभिन्न साँस्कृतिक गतिविधीका साथ सामाजिक कार्य रक्तदान गरेकोमा खुसी प्रकट गरे। उनले संसारको जुनसुकै कुनामा पुगे पनि समाजको आवश्यक्ता रहने कुरामा जोड दिंदै समाज जहिले पनि मानव कल्याणका लागि समर्पित रहनुपर्ने बताए।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका उपाध्यक्ष श्याम मल्ल, महासचिब गोकर्ण अधिकारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष जसपाल पाख्रिन तामाङ, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, समाचार प्रमुख आरजु विष्ट, समाजका सचिब जयराम कायस्थ लगायतले बोलेका थिए ।

कार्यक्रम सम्पन्न गर्नका लागि समाजका सदस्य सन्जय मल्लको संयोजकत्वमा बिभिन्न उपसमिति बनाइएको थियो । जसको आर्थिक व्यवस्थापन उपसमिती संयोजक श्याम मल्ल, सदस्यहरु हेमन्त मल्ल र बालकृष्ण श्रेष्ठ, प्रचारप्रसार उपसमिती संयोजक जयराम कायस्थ, सदस्यहरु सुर्यराज राजभण्डारी र कृष्ण मल्ल रहेका थिए ।

यसैगरि अतिथी सत्कार उपसमिती संयोजक सुना मल्ल, सदस्यहरु रमेश मल्ल, सयना श्रेष्ठ, प्रमाण पत्र तथा मायाको चिनो उपसमिती संयोजक रामप्रताप मल्ल, सदस्य मोहन मल्ल, जलपान व्यवस्थापन उपसमितिी संयोजक मिलन श्रेष्ठ, सदस्यहरु मणिराज मल्लर रामलाल श्रेष्ठ रहेका थिए । कार्यक्रम प्रदेश रक्तसंचार केन्द्रको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0