
काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकले रुपैयाँ १ अर्ब बैंक तथा वित्तीय संस्थाकाे मुद्दती खातामा राख्दैछ । बैंकले यसका लागि प्रस्ताव पठाउन सूचना प्रकाशन गरेकाे छ । बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम एक वर्षे मुद्दतीमा राख्न लागेको हो ।
राष्ट्र बैंकले ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र ५ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागेकाे जनाएकाे छ । यसका लागि साउन १४ गतेसम्म आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्ने जनाइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























