काठमाडौं, ९ साउन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार आज नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । आज सुनमा गिरावट भएको छ भने चाँदीमा सामान्य बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको छ । चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ ।

छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0