
नारायण शर्मा, पोखरा ५ साउन । लम्जुंगको बेशि सहरमा कार्यालय रहेको सुनौलो भविश्य बचत तथा ऋण सहकारी संस्थामा संचालक समितिको मिलोमतोमा बचतकर्ताको ६ करोड ५४ लाख रकम हिनामिना भएको छ ।
सहकारी रजिस्टारको कार्यालय पोखराका प्रमुख भेषराज रिजालका अनुसार सहकारीका संचालक समितिले भारतिय नागरिकलाई २५ लाख ऋण लगानी गरेका थिए । बेसिसहरको बिभिन्न स्थानामा ब्यापार गरेर बसेका भारतिय नागरिकले ऋण लिएपछि नतिरेर बेसिसहर छोडेका कारण लगानी डुकेको हो । बेशिसहर स्थित मनांग चौतारी चोकमा यस्को कार्यालय रहेको छ । सस्थाको सम्पर्क कार्यालय भोटेओडार र चितिमा रहेको छ ।
संचालक समितिले नक्कली ऋणी बनाएर ऋण लगानी गरेको, सहकारी संचालकसमितिका पदाधिकारी र सदस्यहरुले आफैले कमसल धितो राखेर लिएको कर्जा नतिरेका कारण सहकारी डुबेको हो रिजालले जानकारी दिए । सहकारी कार्यालयले ०८१ असोज २९ गते छानविन सकेको हो ।
सहकारी कार्यालयले बित्तिय बिश्लेषक निर्मल गौतमलाई खटाएर निकालेको प्रतिवेदनले ६ करोड ५४ लाख रकम हिनामिना गरेको ठहर गरेको हो । सहकारीले गत असार १९ गते सहकारी ठगिको मुद्धा जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
सहकारीले मुद्धा जिल्ला प्रहरीमा सहकारी ठगिको मुद्धा बुझाएको १७ दिनपछि साउन ४ गते मुद्धा दर्ता गरेको छ । प्रहरीले मुद्धा बुझेको १७ दिनपछि मुद्धा दर्ताहुनुलाई जानकारहरुले रहस्यमय मानेका छन । आइतवार दर्ता भएको मुद्धाको दर्ता नम्बर ४ रहेको छ । तिनवर्ष अघि संस्थाको अध्यक्ष भएका ऋषि अधिकारीले नै निवेदन दिएर छानविन गरिपाउन भनेपछि छानविन थालिएको सहकारी डिभिजन कार्यालयले जानकारी दिएको छ ।
सहकारीका सचिव सन्तोष बस्नेत, पूर्व अध्यक्षपदम राउत, हरि प्रसाद पौडेल, किशोर बस्नेत लगायतको मिलोमतोमा रकम हिनामिना भएको छानविन प्रतिवेदनमा औल्याइएको छ ।
अध्यक्ष ऋषि अधिकारीले आफु आउनु भन्दा अघिनै सहकारी संस्था समस्याग्रस्त भएपछि गत असोजमा आफैले डिभिजन सहकारीमा अनुसन्धान गर्न लिखित उजुरी दिएको बताए । म आएको ३ वर्ष अघि हो म आएपछि एक रुपैया लगानी गरिएको पनि छैन अधिकारीले भने ।
तत्कालिन अध्यक्षहरु शिव जोशि, हरी पौडेल, पदम राउत अध्यक्ष हुदाका बखत लगानी गरेको रकम नउठेका कारण संस्था समस्या देखिएको अधिकारीले दावी गरे । पूर्व अध्यक्षहरुको कार्यकालमा भएको कर्जा लगानी नउठेका कारण संस्थामा समस्या देखिएको अधिकारीले दावी गरे । तत्कालिन अध्यक्षहरु पदम राउत , शिब जोशीको कार्यकालमा भारतियलाई लगानी गरेको रकम तिर्नु र उतावाट उठेपछि रकम फिर्ता लिनु भनेर निर्देशन दिएको छ । दुबैले असार मसान्त सम्म ७ लाख ५० हजार रकम बुझाइसकेका छन ।
जिल्ला प्रहरी कार्यालय लम्जुंगका सूचना अधिकारी इन्सपेक्टर राजकिशोर तेली साहले सहकारी कार्यालयले प्रहरीमा मुद्धा बुझाएको जानकारी दिदै अब अनुसन्धान थाल्ने टेलिफोनमा बताए । ०६९ सालमा स्थापना भएको हो । मुल शेयर सदस्य ३ सय शेयर सदस्य छन । बचतकर्ता समेत गरेर १३ सय जना छन ।























