बुटवल नारायणगढ सडकको म्याद चौथो पटक थपिदै

नारायण शर्मा, नवलपरासी, ३ साउन । काम शुरु गरेको ७ वर्षमा ७० प्रतिसत मात्र काम सम्पन्न गरेको बुटवल नारायणगढ सडकको म्याद चौथो पटक थपिदै छ ।

यस अघि तिन पटक म्याद थपिसकिएको बुटवल नारायणगढ सडक निर्माणको काम सम्पन्न नगरेको चिनिया ठेकेदार कम्पनीलाई फेरी एक वर्ष म्याद थप्न सडक बिभागले काम गरिहेको छ ।

यो सडक हेर्ने आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार आउदो बुधवार फेरी सडक स्तरोन्नती गर्ने म्याद(समय अबधि) एक वर्ष थप्न सम्झौता गरिदै छ । सडक बिभाग र चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिजियरिंग कर्पोरेशन बिच मन्त्रालयमा लिखित सम्झौता गरेर ०८३ साल साउन सम्मको म्याद थपिने पक्कापक्कि भएको हो ।

चिनिया ठेकेदारले भने ०८३ माघ सम्मको म्याद पाउनुपर्ने अडान राख्दै आएको छ । ठेकेदारले मागेको समय दिन नसकिने ढकालले सुनाए ।

ठेकेदारले काम नगरेका सडक निर्मँण गर्ने समयाबधि थपिएपनि निर्माण लागत भने नबढने ढकालले जानकारी दिए ।

बुटवल नारायणगढ सडक खण्डको १ सय १३ किलोमिटर सडक निर्माणको काम थालेको चिनिया ठेकेदार कम्पनीले असार मसान्त सम्म ७० प्रतिसत मात्र काम सम्पन्न गरेको छ । एक सय १३ किलोमिटर सडक निर्मँणको काम सजिलो होस भनेर दुई खण्डमा बांडेर काम भैरहेको छ । दाउन्नेदेखि पूर्व गैडाकोट सम्म पूर्वी खण्ड र बुटवल सम्म पश्चिम खण्डमा बांडेर काम भैरहेको हो ।

एक सय १३ किलोमिटर सडक मध्ये असार मसान्त सम्म एक सय किलोमिटर सडक कालोपत्रे भएको छ । दुबै तर्फ भने ८० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये पश्चिम बर्दघाटतर्फ ३ किलोमिटर सडक मात्र कालोपत्रे सकिएको छ । बुटवल नारायणगढ सडक अन्तरगत पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्कीवास बिचमा पर्ने ११ किलोमिटर दाउन्ने सडकको अबस्था भने अझै पनि बिजोग छ । सामान्य वर्षाद हुनासाथ त्यहा घण्टौ जामहुने अबस्था उस्तै छ ।

दाउन्नेमा आउदो दशै अघि नै राजमार्ग कालोपत्रे सक्नेगरि काम हुने आयोजना निर्देशक ढकालले दावी गरे । पूर्वी पश्चिम नवलपरासी र रुपन्देहिको बजारक्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्मँण भैरहेको छ । बुटवल नारायणगढ सडक निर्माणको काम १७ अर्बमा चिनिया ठेकेदारले ठेक्का लिएको हो ।

शुरु ठेक्का सम्झौता अनुसार यो राजमार्ग ०७९ साउनमै सम्पन्न भैसक्न पर्ने हो । ०७९ यता तेश्रो पटक म्याद थप्दा पनि गत असार मसान्त सम्म ७० प्रतिसत मात्र काम सम्पन्न भएको छ । पटक पटक म्याद थपिएपनि काम सम्पन्न हुने ग्यारेन्टी भने छैन ।

राजमार्ग निर्माणको काम गरिरहेका चिनिया ठेकेदार कम्पनीका म्यानेजरहरु सहित धेरै जसो चिनिया कामदार भदौ दोश्रो साता सम्म वर्षादका कारण राजमार्गको कामले गति नलिने भन्दै चीन गएका छन । वर्खामा काम नहुने भनेर गएका चिनिया ठेकेदारका प्रतिनिधिहरु आउदो भदौ दोश्रो साता नेपाल फर्किने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0