
बेइजिङ, ३१ असार । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मङ्गलबार चिनियाँ राजधानीमा राष्ट्रपति सी जिनपिङसँग भेट गर्दै क्यानबेरा र बेइजिङबीचको सम्बन्धको केन्द्रविन्दुमा ‘संवाद’ हुनुपर्ने बताउनुभएको छ ।
भू–राजनीतिक तनाव उच्च रहेको भए पनि हालै स्थिर व्यापार सम्बन्धलाई बलियो बनाउने उद्देश्यसहित अल्बानिज प्रधानमन्त्रीका रूपमा आफ्नो दोस्रो चीन भ्रमणमा हुनुहुन्छ । बेइजिङ र क्यानबेराबीचको सम्बन्धले गत दशकमा उतारचढाव देखाएको छ ।
यो अवधिमा राष्ट्रिय सुरक्षामा बारम्बार असहमति र विशाल प्रशान्त क्षेत्रमा प्रतिस्पर्धी स्वार्थहरू देखिएको छ । सन् २०१७ देखि सुरु भएको हानिकारक व्यापार युद्धको अन्त्यका लागि अन्तिम अवरोध हटाउँदै चीनले अस्ट्रेलियाको आयातित रक लोबस्टरमाथि लगाएको प्रतिबन्ध खारेज गरेपछि डिसेम्बरमा सम्बन्ध सुधार भएको थियो ।
अल्बानिजले ग्रेट हल अफ द पिपुलमा सीसँग भेटवार्ता गर्नुभयो र उहाँले ‘अस्ट्रेलियाको विचार र चासोहरू निर्धारण गर्ने अवसर’ लाई स्वागत गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























