काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता, कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण बहादुर केसीले कसैलाई निवेदन चढाएर कारबाही फुकुवाको पक्षमा आफु नरहेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजना गरिएको विशेष कार्यक्रममा नेता केसीले लोकतन्त्रका लागि कसैसंग हातपाउ नजोडेको मान्छेले पार्टीले गरेको कारबाही फिर्ताका लागि निवेदन चढाउने आफ्नो स्वाभिमानले नदिने बताए ।

नेता केसीका अनुसार हामीलाई फुकुवाका लागि निवदेन दिएमा कारबाही फुकुवा गर्न सकिने आशयका कुराहरु बाहिरीएका छन्, तर हामी त्यसो गर्दैनौं । जस्ले गरेको हो, जुन् गुटले गरेको हामीलाई त्यसमा विश्वास छैन । गुटका मान्छेले टिकट पाउने, जनतासंग अहोरात्र खटिदै आएकालाई पाखा लगाउने के यही हो सच्चा काम ? हामी आफ्ना कुरामा अडिग छौं।

केसीले भने, ‘२०४६ सालमा राजा वीरेन्द्र पोखरा आउँदाको बखतमा म सर्वस्वरणमा परेको र जेलमा थिएँ । २५ वर्ष जिल्ला पञ्चायतको सभापति खाईसकेका अम्मर बहादुर कार्कि, नाताले भेना हाे । उहाँले तपाँइ अब जम्मै कुराहरु छोड्नु पर्यो, कहाँ ? कसरी सेटल गर्नुपर्छ म गर्छु राजासंग कुरा भईसकेको छ । त्यहि भएर म जेलमै भेट्न आएको भनेर भन्नुभयो । मैले जवाफ दिएँ, ‘म लोकतन्त्रमा विश्वास गर्ने, पार्टी र जनतालाई सिरोपर गरेर लागेको मान्छेले त्यस्तो काम गर्न सक्दिन र निवेदन चढाएर जेलमुक्त हुुनुछैन भनेर जवाफ दिएँको थिएँ ।’

अनि अहिले मलाई, हामीलाइ फुकुवा गर्देउ भनेर निवेदन चढाउ भन्ने खालको कुरा आईरहँदा त्यसो गर्न तयार नभएको बरु कारबाही यथावत् राखेको खण्डमा र हामीले विकल्प खोज्नु पर्यो भने यसको जवाफ २०८४ को चुनावमा दिन्छौं । पार्टीले बाहिर राख्यो भने स्वतन्त्र भएर पनि चुनाव लडेर, जितेर देखाईदिने बताउँदै त्यो क्षण भारि हुने बताए । उनले तर आफु चुनाव जितेर कांग्रेस रहने बताए ।

गएको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई सहयोग नगरेको आरोप लगाईएका र अनुशासन आयोगले कारबाही गरेकाहरु भनिएकामध्ये कास्कीबाट नेता केसी, कुमार खड्का, भावना श्रेष्ठ र अन्य जिल्लाबाट रहेका छन् ।

कारबाहीकै विषयलाई लिएर कांग्रेसभित्र र बाहिर त्यसको चौतर्फि आलोचना भईरहेको छ । कारबाहीप्रति कार्यकर्ता तथा उच्च तहका नेताहरु र स्वयं अनुशासन आयोगकै नेताहरुले चरम असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीहरुले नेताहरुको कारबाहीको सन्देशले दुनियाँलाई हसाएको बताईरहेका छन् भने निसर्त फिर्ता नगरे कांग्रेसकै लागि प्रत्युत्पादनक हुने बताउँदै दबाब दिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
1
+1
0