
काठमाडौं, २९ असार । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आइतबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा बृद्धि भएकाे छ । छापावाल सुन ताेलामा रुपैयाँ ११ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । गएकाे शुक्रबार छापावाल सुन ताेलाकाे एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे ।
आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी ताेलामा रुपैयाँ ६५ ले बढेको छ । यसरी बढेकाे चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























