
काठमाडौं, २९ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ ।
छापावाल सुनमा यसदिन रुपैयाँ १६ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनमा रुपैयाँ १६ स्यले बढेर तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर तोलाको २ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























