
काठमाडौं, २३ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ शुक्रबारकै कायम गरिएको जनाएको छ। चाँदीमा रुपैयाँ ७५ ले बढेको छ ।
यसदिन छापावाल सुन तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ ७५ ले बढेर तोलाको २ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेका छ । यसअघि बिहिबार सेतो धातु चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























