
पोखरा, ६ असार । पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउने अभियान अन्तरगर्त ५ किमि दौड प्रतियोगिता आयोजना भएको छ । शनिवार नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. १ कोे विशेष सहयोगमा दौड प्रतियोगिता आयोजना सम्पन्न भएको हो ।
मञ्चले हप्ताको पहिलो शनिवार साप्ताहिक तथा मासिक दौड कार्यक्रम अन्तगर्त १८ औँ श्रृङखलाको ५ किमि दौड आयोजना गरेको हो ।
उक्त दौडमा १६ बर्ष मुनिका बिद्यार्थी छात्र÷छात्रा, खुला महिला, पुरुष र पोखरा महानगरपालिका वडा नम्बर १ स्तरिय आमा समुह सदश्यहरुको ३ किमि दौड प्रतियोगिता भएको नेशनल ओलम्पिक एकेडेमी, नेपालका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
दौड पोखराको पुरानो टुँडिखेल राष्ट्रिय मावि अगाडिबाट शुरु भएर पोखराको बिभिन्न ठाउँ परिक्रमा गरेर सोहि ठाउँमा आएर समापन भएको हो ।
प्रतियोगितामा १६ बर्ष मुनिका बिद्यार्थी छात्र दौडमा केफ स्कुलका दिपेश रुचाल पहिलो, माछापुच्छे« स्कुलका ईश्वर प्रजा दोस्रो र गौरीशङ्कर स्कुलका कुलश खत्री तेस्रो हुन सफल भए ।त्यस्तै छात्रा तर्फ अब्या कल्बका कबिता मगर पहिलो, सेन्ट मेरिजकी सम्रिता मर्शानी दोस्रो र गण्डकी बोडिङ्ग स्कुलकी सादगी शर्मा तेस्रो भइन् ।
त्यस्तै खुला महिला तर्फ नितु तामाङ पहिलो,ओममाया गुरुङ दोस्रो र सुजिता मास्के तेस्रो भइन् । खुला पुरुष तर्फ महेन्द्र वोगटी पहिलो,महेन्द्र घर्ती मगर दोस्रो र सुजन थापा तेस्रो हुन सफल भएका हुन् ।
आमा समुह दौड तर्फ नमुना आमा समुहकि उमादेवी बराल पहिलो,कामना जागरण महिला समुहकि मैया देवी मगर दोस्रो र सिद्धार्थ आमा समुहकि सिता देवकोटा तेस्रो हुन सफल भएको सचिव महेश पौडेलले बताए । आमा समुह दौडमा ७६ बर्षकि राधा देवी पराजुलीले पनि ३ किमि दौड पुरा गर्न सफल भएकी हुन ।
बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका मन्त्री गोविन्द बहादुर नेपाली, पोखरा महानगरपालिका वडा नं. १का वडा अध्यक्ष साहारा प्रधान, मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ,रेश डाइरेक्टर तेज बहादुर गुरूङ, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, प्रथम उपाध्यक्ष खेम गुरूङ, द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिना, सचिव महेश पौडेल, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख पुस्कर भट्टराई,पोखरेली मञ्च युकेका सल्लाहाकार बाचस्पती रेग्मी लगाएतले मेडल, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
सो कार्यक्रममा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स, पोखरा महानगरपालिका वडा नं ७ र कास्की जिल्ला खेलकुद विकास समिति सहयोगि संस्थाको रुपमा रहेका थिए ।
पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले नियमित रूपमा यस्ता दौड प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले स्थानीय स्तरमा खेलकुद संस्कृति विकास तथा नयाँ प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास गरिएको छ।
























