
काठमाडौं, ४ असार । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको हो।
महासंघले निर्धारण गरेको नयाँ मूल्य सूची अनुसार आज बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि आज केही गिरावट आएको छ। बुधबार प्रतितोला चार हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको चाँदी, आज बिहीबार घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























