नवलपरासी, १३ वैशाख । वर्षेनी नारायणी नदीको कटानका कारण जोखिममा पर्दै आएको सुस्ता जोगाउन तटबन्धन निर्माणको काम धमाधम भैरहेको छ ।

सुस्तामा भैरहेको तटबन्ध निर्माण कार्य नेतृत्व गर्दै आएको सिंचाई तथा जलश्रोत ब्यबस्थापन कार्यालय भरतपुरका प्रमुख डा नारायण सुबेदीका अनुसार करिब १४ करोडको लागतमा गत चैत अन्तिम साता शुरु भएको काम असार दोश्रो साता अगावै सकिने जानकारी दिए ।

यति छोटो अबधिमा यति धेरै जोखिमयुक्त काम सक्न पर्ने लक्ष्यका साथ रातदिन काम भैरहेको सुबेदीको भनाई छ ।

समय छोटो छ तर त्यसै भित्र काम नसकि नहुने अबस्था छ डा सुबेदी भन्छन्, म चितवन सरुवा भएर आएकै दिन पहिलो दिनको हाजिरी सुस्ताको फिल्डमै आएर गरेको हुँ । वर्षाद अगावै तटबन्धनको काम नसके सुस्ता बग्ने जोखिम बढ्दो छ ।

ठेकेदारसंग सम्झौता गरेकै दिन गत चैत दोश्रो साता सुस्तामा स्क्याभेटर, ठेकेदार र आफनो कार्यालयका कर्मचारी सहित आफु फिल्डमा पुगेको सुबेदीले जानकारी दिए । तटबन्धन निर्माण स्थलमा दैनिक १ सय ७५ जना श्रमिक राखेर धमाधम काम भैरहेको छ । नदि नियन्त्रणकालागि दैनिक ५० वटा ट्रयाक्टरले नारायणी नदी किनारको ढुंगा बोक्ने र तारजाली भर्ने काम अघि बढेको छ ।

सुस्ताको झोलुंगेपुलदेखि उत्तर पूर्व तर्फको करिब एक किलोमिटर क्षेत्रमा धमाधम तटबन्ध निर्माणको काम भैरहेको हो । काम चाडो होस् भन्नकालागि सुस्ता नजिकै कार्यालयका कर्मचारी राखेर कामको निगरानी र गुणस्तरमा ध्यान दिने काम भैरहेको सुबेदीको भनाई छ । सुस्तामा वर्षा अगावै काम सम्पन्न गर्नकालागि हरेक दिन १० देखि १२ घण्टासम्म काम भैरहेको छ । त्यहाँ भैरहेको कामको निरन्तर अनुगमन गर्न हरेक दिन फिल्डमा कर्मचारी खटाएका कारण तटबन्धनको कामले गति लिइरहेको सुबेदी बताउछन्।

सुस्तामा भैरहेको तटबन्ध निर्माण कार्यको उर्जा, जलश्रोत तथा सिंचाई सचिव सरिता दवाडिले स्थलगत निरिक्षण समेत गरेकी छिन्। सुस्तामा भैरहेको तटबन्ध निर्माण कार्य सरकारको कति धेरै प्राथामिकतामा रहेको छ भन्ने कुरा मन्त्रालयको सचिवको स्थलगत अनुमगनले पनि प्रस्ट पार्छ आयोजना प्रमुख डा सुबेदीले भने १४ करोड लागतको काम करिब ९० दिनभित्र सक्नै पर्ने बाध्यता छ । रकम ढिलो बिनियोजना भएका कारण यहा सरकारी प्रकृया पुरा गरेर काम गर्ने समयअबधि छोटो भएको हो ।

४ सय १७ घरधुरी रहेको सुस्तामा करिब ३६ सय स्थानियको बसोबास रहेको छ । हरेक वर्ष नारायणी नदीको बाढिले सुस्ता कटान र डुबानको चपेटामा पर्दै आएको छ । वर्षायाममा नारायणी नदिको बाढिले कटान गर्ने र सुस्ता डुवानमा पर्ने अबस्था नियन्त्रणकालागि यहा प्राथामिकताकासाथ धमाधम काम भैरहेको हो ।

२०३४ साल अघि सम्म सिंगो गाबिस रहेको सुस्ता कटान र डुबानमा पर्दै गएपछि हाल एउटा वडामा सिमित छ । भारतसंग सिमाना जोडिएको सस्ताको अधिकासं भूभाग भारतिय अतिक्रमणको चपेटामा पर्दै अँएको छ भने नारायणी नदिएको कटानले पनि खेतियोग्य जग्गाको क्षयिकरण भैरहेको छ ।

सस्तामा भैरहेको तटबन्ध कार्यको पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारी दिपक नेपाल, जिसस प्रमुख भगौती यादब र सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले दुई दिन अघि स्थलगत निरिक्षण गरेका थिए । जिल्ला प्रशासन र सुस्ता गाउपालिकाको सहयोग र आयोजना ब्यबस्थापन कार्यालयका प्रमुखको तदारुकताका कारण छोटो अबधिमै नारायणी नदीमा तटबन्ध गर्ने जस्तो जोखियुक्त काम फटाफट भैरहेको प्रमुख जिल्ला अधिकारी दिपक नेपालले जानकारी दिए ।

नेपालमा करिब ९० दिनको समयाबधिमै यति धेरै काम हुन सक्छ भन्ने सुस्ताको तटबन्धनको कामले प्रमाणित हुने अबस्था छ नेपालले भने यो कामकालागि मन्त्रालय र स्थानिय प्रशासनले उच्च प्राथामिकतामा राखेको नेपालको भनाई छ ।

गत माघमा सुस्ता आएका तत्कालिन जलश्रोत मन्त्री कुलमान घिसिङले नदी कटानकालागि तत्काल १४ करोड रकम बिनियोजन गराएका थिए । मन्त्री घिसिङ आएको बेलामा सुस्तेलीले यहाको कटान र डबानको बारेमा जानकारी गराएर स्थगतगत अबलोकन गराएका थिए । उहाले तत्काल मन्त्रालयमा फोन गरेर आपतकालिन कोषवाट सुस्तामा कम्तीमा १५ करोड रकम बिनियोजन गर्दिनुस् भनेर आदेश गरेका आधारमा यहाँ अहिले त्यहि बजेटवाट काम शुरु भएको हो स्थानिय मुन्सी हरिजन भन्छन्, यति छोटो अबधिमा यहाँ धेरै काम धमाधम भैरहेको छ, पत्रकार नारायण शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0