
तेहरान/मनामा, ६ मङ्सिर। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ ।
आईआरजीसीले शनिबार राति जारी गरेको विज्ञप्तिमा आफ्नो एयरोस्पेस फोर्सले बहराइनका अल रिफा र अवाली साखिर हवाई अड्डामा रहेका अमेरिकी राडारलाई लक्षित गरी जवाफी कारबाही गरेको उल्लेख गरेको छ । इरानको आधिकारिक सञ्चारमाध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिअनुसार अमेरिकी पक्षबाट इरानी हवाई क्षेत्रको उल्लङ्घन जारी रहेकाले उक्त कारबाही गरिएको हो ।
आक्रमणमा अमेरिकी सेनाको प्याट्रियट हवाई रक्षा प्रणालीसँग सम्बन्धित दुई राडारमा क्षति पुगेको आईआरजीसीको दाबी छ । आईआरजीसीले अमेरिकी सेनाका एमक्यू–१ प्रिडेटर र एमक्यू–९ रिपर ड्रोनले पनि शनिबार इरानी हवाई क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ ।
इरानी हवाई क्षेत्र आफ्नो सशस्त्र सेनाका लागि संवेदनशील विषय भएको उल्लेख गर्दै उसले उल्लङ्घन भए कडा जवाफ दिने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























