
काठमाडौं, २२ पुस । साताकाे शेयर काराेबार हुने तेश्नाे दिन मंगलबार नेप्से परिसूचक उकालाे लागेर बन्द भएको छ। सोमबार पनि नेप्से उकालाे लागेकाे थियाे भने साेहि क्रमले यसदिन निरन्तरता पाएकाे छ ।
नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.७१ अंकले बढेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले बढेको छ।
आज काराेबार रकममा पनि बृद्धि भएकाे छ । साेमबार ६ अर्ब ४७ करोडकाे काराेबार भएकाेमा यसदिन ३३४ कम्पनीहरुकाे ८८ हजार ३६२ पटकको शेयर कारोबार हुँदा रुपैयाँ ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएकाे छ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ। थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ । हिमालयन ८०–२० को इकाईमूल्य साढे ७ प्रतिशतले बढेको छ। रु रु जलविद्युतको शेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ।
एसवाई प्यानल नेपाल सबैभन्दा अगाडी रहेकाे छ। कम्पनीको २४ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको साढे २३ करोड बढीको शेयर काराेबार भएकाे छ । शिवम् सिमेन्ट्सको २३ करोड बढीकाे काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये ११ उपसमूहमा हरियाे लागेकाे छ । बाँकी रहेका २ उपसमूहमा राताे लागेकाे छ। वित्त उपसमूहको परिसूचक २.८७ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य घटेको नेप्सेले जनाएकाे छ ।























