
मुस्ताङ, २१ कात्तिक । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ ।
यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पु¥याएका छन् । बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँगको मुलुकको आयातनिर्यात जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















