नारायण शर्मा/पोखरा, ११ कात्तिक । म्याग्दी हुँदै मुस्ताङतर्फ ट्रेकिंग जादै गरेका ३ ब्रिटिस पर्यटक सहित १५ जना हिमपातमा परेका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद भुसालका अनुसार मुस्ताङमा सोमवार सांझदेखि परेको हिमपातमा उनिहरु अडकिएका हुन । उनिहरु हिड्ने बाटो (ट्रेकिंग रुट) हिउँले पुरीएका कारण त्यहाँ अडकिएका हुन्। उनिहरुको उद्धारमा समेत कठिनाई भएको छ ।

पैदल हिड्ने रुट समेत हिउँले ढाकिएकाे कारण जहाँ पुगेका हुन् त्यहिँ टेन्ट टांगेर बसेका छन्। प्रशासनले उनिहरुसंगको सम्पर्कको प्रयास गरिरहेको भुसालले बताए ।

ट्रेकिंग रुटमा पैदल हिड्दै गर्दा अचानक हिमपात भएपछि हिड्ने बाटो समेत नदेखिने भएपछि टेन्ट टांगेर बाटाेमै बसेका र उनिहरु अडकिएको स्थानमा होटल वा घर पनि छैनन् ।

ब्रिटिस ३ महिला पर्यटकको सहयोगमा हिडेका १२ नेपालीहरुले उनिहरुलाई टेन्ट टांगेर मंगलवार साँझ ५ बजेदेखि सुरक्षित बनाएका हुन्।

उनिहरुलाई ट्रेकिंग पठाउने सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीका ब्यबस्थापक बिनय लामाका अनुसार हिमपातका कारण त्यहाँ अडकिएका ब्रिटिस नागरिकहरु Ms Mary Reape, Ms. Catherine Wilson and Ms. Emily Coats रहेका छन् ।

हिमपातमा फसेका नेपाली गाइडले आफुहरु आपतमा परेको भन्दै मंगलवार राती साढे ८ बजे तत्काल आफुहरुको उद्धार गर्न भनेको लामाले सुनाए । चाडो उद्धार गर्न पर्यो भनेर आत्तिइरहनु भएको छ तर हामीसंग त्यसरी यो रातमा उद्धार गर्न सक्ने कुनै यन्त्र छैन लामाले भने।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार उनिहरुसंग खाद्यान्न, लाइट, लत्ता कपढा र बन्दोबस्तीका सामान छ भन्ने आफुले जानकारी पाएको टेलिफोनमा बताए ।

हिड्दा हिड्दै हिउँ परेका कारण उनिहरु अडकिएको जानकारी आफुले पाएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ ।

मंगलवार राती वा बुधवार हिउँ पर्न नरोकिएसम्म उनिहरु रहेको स्थानसम्म सुरक्षाकर्मी वा हेलिकप्टर पठाउन सम्भव छैन, भुसालले भने, उनिहरु रोकिएको स्थानमा पैदल वा हेलिकप्टरवाट उद्धार सम्भव छैन । हिमपात रोकिएपछि मात्र उनिहरु बाटो ( पैदल हिडने रुट) पत्ता लगाएर सुरक्षित स्थलतर्फ हिड्न सक्छन्। त्यतिन्जेल त्यहिँ रहनुपर्ने बाध्यता छ । उनिहरु मंगलवार साँझ करिब ५ बजेबाट त्यहाँ अडकिएका हुन्।

उनिहरु म्याग्दीको बेनीबाट मुस्ताङको मार्फा तर्फ पैदल यात्रा गरेर आउदै गर्दा हिडन भ्याली भन्ने स्थानमा हिमपातमा परेर रोकिएका हुन्।

५ हजार १ सय मिटर माथि रहेको हिडन भ्यालीमा उनिहरु टेन्ट टांगेर सुरक्षित तवरले बसेका छन्। त्यो रुटका बारेमा संगै रहेका नेपाली गाइडहरु प्रयाप्त जानकार रहेको भुसालले टेलिफोनमा बताए ।

चारैतिर हिउँ परिरहेकाे कारण उनिहरु रहेको स्थानसम्म पुग्न सकिदैन ।

उनिहरु काठमा रहेको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीमार्फत ट्रेकिंग आएका हुन्। त्यसका ब्यबस्थापक बिनय लामाले आफुलाई उनिहरुले टेलिफोन गरेर चाडो उद्धार गर्न भनेको सुनाए ।

बुधवार हिमपात रोकियाे भने बाटो पहिचान गरेर मात्र हिडन सक्ने अबस्था छ । उनिहरु रोकिएको स्थान ट्रेकिंगको मार्फा बजारदेखि पश्चिम उत्तर एक दिनको पैदल यात्रामा पुगिने स्थान हाे। मंगलवार साँझ ७ बजेपछि हिमपात कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए । सोमबार साँझबाट वर्षाद शुरु भएपछि हिउँ पर्न शुरु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भुसालले सोमवार साँझ ४ बजे एक सूचना जारी गर्दै काठमाडौं क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाउदै मौसम बुझेर मात्र यात्रा गर्न सार्वजनिक अपिल गरेका थिए ।

मुस्ताङमा सोमवार साँझदेखि ३ हजार मिटर भन्दा माथिको सतहमा हिउँ परिरहेको छ । मुस्ताङको सदरमुकाम जोमसोममा सामान्य झरी परिरहेको छ । जोमसोम २७ सय मिटरमा पर्दछ । जोमसोम भन्दा केहिमाथि कागबेनीदेखि भन्दा तलको क्षेत्रमा लगातार हिमपात भैरहेको छ । कागबेनीदेखि दक्षिण जोमसोम र मार्फा, लेते र आसपासको क्षेत्रमा सामान्य झरी परिरहेको छ ।

मंगलवार मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्रमा कम्तिमा ३ फिट अग्लो हिउँ परेको छ । हिउँ परेकै अबस्थामा मुक्तिनाथ दर्शनकालागि आउने श्रद्धालुहरुको घुइचो मंगलवार साँझ सम्मै देखिएको प्रमुख जिल्ला अधिकारी भुसालले सुनाए ।

भुसालले हिमपात नरोकिए सम्म मुस्ताङ यात्रा जोखिमपुर्ण हुने सम्भावना रहेकाले सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0