
पोखरा, ९ कार्तिक । चाडपर्वको बिदाको कारण पोखरा आवश्यक्ताअनुसार रगतको आपूर्तिमा कमि भएपछि रगतको अभाव भएको छ ।
रगतका अभावलाई मध्येनजर गर्दै भोलि साेमबार बिहान मेहन्द्रपुलस्थित नेपाल टेलिकमको अगाडी रक्तदान कार्यक्रम गर्न लागिएको हाे।
रगतको सहज उपलव्धताका लागि लायन्स क्लव अफ पोखरा आदर्श चौतारीको संयोजनमा सो कार्यक्रम बिहान ७ बजेदेखि गर्न लागिएको कार्यक्रम संयोजक तथा लायन अर्जुन ज्ञवालीले जानकारी दिए ।
रक्तदानमा सम्पूर्ण लायन्सहरुलाई सर्भिस ज्याकेटसहित उपस्थित भईदिन र सर्वसाधारणलाई रक्दानमा सरिक भईदिन ज्ञवालीले आग्रह गरेका छन् ।
नियमित रक्तदाता, शुभेच्छुक, सर्वसाधारण र विशेष युवाहरुलाई रक्तदानमा सरिक भईदिन र जोखिममा परेको जो कोहिको जीवन बचाउने महान पुन्यकर्ममा सरिक हुनका लागि अनुरोध गरिएको छ ।
रक्तदान जीवनदान भन्ने अभियानलाई सशक्त बनाउन सबैको हातमालो हुन आवश्यक छ । भोलि साेमबार कसैको जन्मको दिन परेको छ भने रक्तदान गरेर जन्मोत्सव मनाउन प्रादेशिक रक्त संचार सेवा केन्द्र पोखराले अनुरोध गरेको छ ।
























