White House on deep blue sky background in Washington DC, USA.

वासिङ्टन, १२ भदौ । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुखले खोप सम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवादका क्रममा राजीनामा दिन नमानेपछि ह्वाइट हाउसले उनलाई बर्खास्त गर्न लागेको बुधबार पुष्टि गरेको छ ।

केनेडीले अमेरिकी खोप नीतिमा व्यापक फेरबदल गरेको विषयमा बढ्दो विवादका कारण(सिडिसीका अन्य पाँच जना वरिष्ठ अधिकारीहरूले पनि राजीनामाको घोषणा गरेको एजेन्सीका केही कामदारहरूको प्रतिनिधित्व गर्ने एक युनियनले जनाएको छ। उनी स्वास्थ्य वैज्ञानिक तथा लामो समयदेखिे अनुभवप्राप्त सरकारी कर्मचारी सुसन मोनारेज सीडीसीको प्रमुख थिए तर केनेडीको स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) ले उनी ‘अब निर्देशक नरहेको’ घोषणा गरेको छ ।

मोनारेजका वकिलले एएफपीलाई दिएको जानकारीमा भने, “मोनारेजले न त राजीनामा दिनुभयो न त ह्वाइट हाउसबाट उनलाई बर्खास्त गरिएको सूचना नै पाउनुभएको छ ।” केनेडीले राजनीतिक लाभका लागि सार्वजनिक स्वास्थ्यलाई हतियार बनाएको र लाखौँ अमेरिकीको जीवन जोखिममा पारेको आरोप लगाउँदै वकिलहरूले भने, ‘उहाँ निष्ठावान र विज्ञानप्रति समर्पित व्यक्ति हुनुहुन्छ र उहाँले राजीनामा दिनुहुने छैन ।

मोनारेजले अवैज्ञानिक, लापरबाहीपूर्ण निर्देशन र समर्पित स्वास्थ्य विशेषज्ञलाई बर्खास्त गर्न नमानेपछि उनलाई नै निशाना बनाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0