पाेखरा, ७ भदाै । दोलखा स्थायी घर भई पोखरालाई कर्मथलो बनाई यहाँ बसोबास गर्दै आएका दोलखालीहरूको साझा संस्था दोलखा पोखरा मिलन समाजकाे १२ औं अधिवेशन तथा २४ औं साधारण सभा एवं चेलीबेटी भेटघाट–२०८२ सम्पन्न भएकाे छ ।

अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिकाे अध्यक्षमा धनबहादुर खड्का (भरत), उपाध्यक्षमा कमलबहादुर बस्नेत, सचिवमा रामजी भण्डारी, कोषाध्यक्षमा महेन्द्रबहादुर जिरेल रहेका छन्।

सदस्यहरूमा देवकुमार श्रेष्ठ, शम्भु भण्डारी, गीता श्रेष्ठ, सुलोचना कार्की, अम्बिका भण्डारी (मनोनयन हुने २ जना सदस्यहरू) रहेका छन् ।

कार्यक्रमकाे प्रमुख अतिथि थ्री सिस्टर्स एड्भेन्चर्सकी कार्यकारी निर्देशक लक्की क्षत्रीले तीज पर्वको शुभकामना व्यक्त गर्दै तीजलाई महिलाको सशक्तिकरणका लागि प्रयोग गर्नुपर्ने बताइन् । उनले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै नयाँ समितिमा चयन भएका पदाधिकारी, सदस्यहरुलाई सफल कार्यकालकाे शुभकामना व्यक्त गरिन् ।

कार्यक्रममा बालकृष्ण श्रेष्ठ, पेमडोमा शेर्पा, मानबहादुर थापा तथा अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पौडेलले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका क्रममा संस्थामा रही निरन्तर सहयोग र सेवा गर्ने व्यक्तित्वलाई सम्मान तथा आजीवन सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको सचिव रामजी भण्डारीले जानकारी दिए।

कार्यक्रम संस्थाका अध्यक्ष धनबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिब कमल बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0