
काठमाडौं, २५ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज रुपैयाँ २० अर्ब निक्षेप खिच्न लागेकाे छ। बैंकले बोलकबोलमार्फत २० अर्ब निक्षेप खिच्न लागेको जनाएकाे हाे ।
अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाे छ । चालु आर्थिक वर्ष २०८१/८२ काे सुरुबाटै बैंकले तरलता खिचिरहेकाे छ । बैंकका अनुसार हाल कुल निक्षेप ६९ खर्ब ४५ अर्ब बढी भएकाे छ ।
निक्षेप रकम लगातार बढेकोले अनलाइन प्रणालीबाट बोलकबोल गरिदैछ । यसकाे ब्याजदर बोलकबोलको माध्यमबाटै हुने भएकाे छ ।
आज बोलकबोल हुन लागेकाे रकमकाे सावाँ र ब्याज २०८२ साउन ४ गते भुक्तानी हुनेछ । यसमा बोल गर्न सकिने रकम घटीमा १० करोड रहेकाे छ भने बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने कुल आह्वान रकमका लागि मान्य हुनेछ ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने बैंकले जानकारी दिएकाे छ ।
























