पोखरा, २२ जेठ । पोखराको अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था पोखरा इन्टरनेटले नयाँ अफरको शुरुवात गरेको छ ।

अफर अन्तरर्गत आफ्नो साथीलाई रिफर गर्दा इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्न सकिने इन्टरनेटकी मार्केटिङ एसिस्टेन दिपा दुलालले जानकारी दिइन्।

अफरअन्तरर्गत कम्पनीको नियम अनुसार एक जना साथी सिफारिस गर्दा प्रयोगकर्ताले २ महिनाको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन्। त्यस्तै ५ जना साथीहरू सिफारिस गर्दा भने, पुरै १ वर्षको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सकिने एसिस्टेन दुलालले उल्लेख गरिन् ।

इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0