
साेखरा, २९ साउन । पोखरा महानगरपालिका गैह्रापाटनस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले विहीवार कक्षा ११ विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई ” स्टक मार्केट एन्ड फाइनान्सियल लिट्रेसी ” सम्बन्धि तालिम दिएको छ ।
सुमेरु सेक्युरिटीजका मन्दिप पुरीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए। कक्षा ११ विज्ञान संकायका प्रतीक पौडेल र कृतन अधिकारीले शेयर लगानी गर्दाको आफ्ना अनुभव सुनाएका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीहरूलाई आफ्नो खाजा खर्चबाट केही रकम बचत गर्दै शेयरमा लगानी गर्न सकिएमा त्यसले भविष्यमा राम्रो प्रतिफल दिने कुरामा जोड दिए।
त्यस्तै अर्को छुट्टै कार्यक्रममा कक्षा ४ का विद्यार्थीहरूलाई कसरी खाना खाने र स्वस्थ जीवनशैली अपनाउने भन्ने सन्दर्भमा नेपाल टुरिजम होटल म्यानेजमेन्ट कलेजका शिक्षक राजेन्द्र गुरुङले सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप सम्बन्धि सहजीकरण गरेका थिए।
हामीले खाना खानका लागि प्रयोग गरिने विभिन्न वस्तुहरूको ठिक ठिक ढङ्गसहित प्रयोग गर्नु पनि पछिल्लो क्रममा संस्कारकै रुपमा विकास भइरहेकाले पनि विद्यार्थीहरूलाई यस्तो खालका सीप सिकाउन आवश्यक भएको अध्यक्ष पालिखेको भनाइ छ ।


























