काठमाडाैं, २९ साउन। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड (PMLI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य अंकले बढेको छ।

गत असार मसान्तसम्ममा इन्स्योरेन्सले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (३७ करोड ७ लाख रुपैयाँ) तुलनामा १.३१ प्रतिशतको सामान्य वृद्धि हो।

वित्तीय विवरणका मुख्य सूचकहरू:

  • बीमाशुल्क र आम्दानी: समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क २०.९७ प्रतिशतले र कुल आम्दानी १३.६३ प्रतिशतले बढेको छ।
  • दाबी भुक्तानी र खर्च: कुल दाबी भुक्तानी १४.२१ प्रतिशतले बढेको छ भने कुल खर्चमा पनि १४.३६ प्रतिशतको वृद्धि देखिएको छ।
  • प्रतिशेयर आम्दानी (EPS): खुद नाफामा सामान्य सुधार भए पनि चुक्ता पूँजीका कारण प्रतिशेयर आम्दानी भने १९ पैसाले घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ।
  • प्रतिशेयर नेटवर्थ र P/E Ratio: कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) ६१.२० गुणा रहेको छ।

वित्तीय कोष तथा पूँजीगत अवस्था:

सूचक रकम
चुक्ता पूँजी रु ५ अर्ब ३० करोड ७७ लाख
रिटेन्ड अर्निङ्ग रु ४२ करोड ८२ लाख
अन्य इक्विटी रु २८ करोड ३७ लाख
महाविपत्ती कोष रु १४ करोड ८५ लाख
शेयर प्रिमियम रु १ करोड ९३ लाख

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0