
वित्तीय विवरणका मुख्य सूचकहरू:
- खुद बिक्री आम्दानी: अघिल्लो वर्षको तुलनामा १४७.७२ प्रतिशतले बढेर २० करोड ९८ लाख रुपैयाँ पुगेको छ।
- कुल नाफा: समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९५.७९ प्रतिशतले बढेको छ।
- खुद नोक्सानी: बिक्री वितरण खर्च र वित्तीय खर्च (ब्याज) मा भएको वृद्धिका कारण खुद नोक्सानी बढेर ५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको यस्तो नोक्सानी ३ करोड ५३ लाख रुपैयाँ रहेको थियो।
- प्रतिशेयर आम्दानी (EPS): असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८९ पैसा ऋणात्मक (घाटामा) रहेको छ।
- प्रतिशेयर नेटवर्थ: कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ९६ पैसा रहेको छ।
पूँजीगत अवस्था: हाल ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी (अतिरिक्त कोष) १४ करोड ४९ लाख रुपैयाँ रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























