काठमाडौँ, ४ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ ।

अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो । तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका लागि योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत चाली चुमाएपछि खेल बराबरीमा पुग्यो ।

दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन । विश्वकपको जारी प्रतियोगितामा नेपाली समयअनुसार आज १ः४५ बजे इंग्ल्याण्ड र क्रोएसियाबीच खेल हुँदैछ भने बिहान ४ः४५ बजे घाना र पानमा भिड्दैछन् । साथै बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0