
पोखरा, २४ वैशाख । पोखरागण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे निलम्बनमा परेका छन । पोखरा बिमानस्थालको भ्रष्टाचार गरेको अभियोगमा उनि बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेगर्ने बिज्ञप्ती निस्कान गरेसंगै घिमिरे निलम्बनमा परेका हुन ।
अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार मुद्धा दायर हुनासाथ अथवा अभियोग लाग्नासाथ निजामती सेवाका कर्मचारी स्वतः निलम्बनमा पर्ने ऐनको ब्यबस्था अनुसार घिमिरे बिहिवार नै निलम्बनमा पर्नु भएको हो ।
पोखरामा अन्तराष्टिय विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा गरेको अभियोगमा उनीसहित १३ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसनधान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत रहदा उनि छिटो निर्णय दिनसक्ने र काबिल मानिन्थे ।
अख्तियारले घिमिरे पर्यटन मन्त्रालयमा सहसचिवका रुपमा काम गरेका बेला करछुटसम्बन्धी अनियमिततामा संलग्न भएको अभियोग लगाएको छ ।
पोखरा अन्तराष्टिय बिमानस्थल निर्मँण प्रकरणमा अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित पूर्वसचिवहरू महेश्वर न्यौपाने, शंकर अधिकारी, केवल भण्डारी र सुरेश आचार्यलाई पनि प्रतिवादी बनाएको जनाएको छ ।

























