पोखरा, २६ माघ । नेपालकै प्रतिष्ठित खेलकुद प्रतियोगिता मध्येको एक सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को २०औं संस्करण आगामी फागुन २ गते शनिबार पाेखरामा हुने भएको छ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।

‘स्वास्थ्यका लागि दौड, पोखराका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको यस म्याराथनले पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद पर्यटनको केन्द्र (Sports Tourism Hub) बनाउने लक्ष्य राखेको छ।

यस वर्षको म्याराथनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट धावकहरूले सहभागिता जनाउने निश्चित भएको छ। आयोजकका अनुसार रन फर फन सहितकाे दाैड गरेर १० हजार २०६ जना सहभािगता हुनेछन् । खुला म्याराथन (४२.१९५ कि.मी.) तर्फको विजेताले रु. ४ लाख नगद प्राप्त गर्नेछन्। पुरस्कारको विवरण छ:

  • प्रथम: ४ लाख रुपैयाँ
  • द्वितीय: २ लाख रुपैयाँ
  • तृतीय: १ लाख रुपैयाँ

ह्विलचियर र दृष्टिविहीन दौडहरू भने यसअघि नै सम्पन्न भइसकेका छन्।

खेलकुद र पर्यटनको संगम

मुख्य प्रायोजक सुजल डेरीको उत्पादन ‘सफल दूध’ रहेको यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विशेष सहयोग गरेका छन्। म्याराथन पोखरा रंगशालाबाट बिहान ७ वजे सुरु हुनेछ ।

आयोजकका अनुसार यस पटक धावकहरूको सुविधाका लागि ‘चिप’ प्रविधिको प्रयोग गरिनेछ र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रुट प्रमाणीकरण समेत गरिएको छ।

प्रतियाेगिता बारे पूरा विवरण तल लिंकमा छ 01
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0