पोखरा १५ जेठ । जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धीको रक्षा गर्नु साझा जिम्मेवारी भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

बिहिबार रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले अठारौं गणतन्त्र दिवशको अवसरमा “गणतन्त्र दिवस, उपलव्धि र आगामी यात्रा” का विषयमा आयोजना गरेको छलफल कार्यक्रमका बक्ताहरुले उक्त कुरा बताएका हुन् ।

छलफलमा नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री यज्ञ बहादुर थापा, नेकपा एमालेका नेता तथा पूर्वसांसद, पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापा, नेकपा माओवादी केन्द्रका कास्की संयोजक विश्वप्रकाश लामिछाने र नेकपा समाजवादीका केन्द्रिय सचिव श्रीनाथ वराल रहेका थिए ।

कांग्रेस नेता तथा पूर्व मन्त्री यज्ञ बहादुर थापाले जनताको बलले आएको गणतन्त्र जनताको बलबाटै सबल बनाउँदै अनअपेक्षा अनुसारका कामहरुमा ध्यानु दिनुपर्ने बताउनु भयो । यस्तै उहाँले शासकिय शैलिमा सुधार हुनुपर्ने बताउदै, राष्ट्रिय सहमति अनुसार संबिधान पनि संसोधन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

एमाले नेता, पूर्वसांसद कृष्ण थापाले गणतन्त्रको विकल्पमा गणतन्त्र नै रहेको बताउँदै व्यवस्थापकिय पक्षहरुमा देखिएका कमजोरीहरुलाई हटाउँदै यसको रक्षा र जनतामा छाएको निरासालाई हटाउन लाग्नुपर्ने बताए ।

माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले आन्दोलनको एक घटक तत्कालिन माओवादी भएको र गणतन्त्र ल्याउन दलहरुसंगै हातेमालो गरेको माओवादीको योगदानलाई कसैले कम सोच्न नहुने बताउनु भयो । उहाँले राजतन्त्र फरकिने कुरा दिवा सपना भएको बताउनु भयो ।

नेकपा समाजवादीका नेता एबम् केन्दीय सचिव श्रीनाथ वरालले जनआन्दोलनको उभार ल्याउन आफुले पूर्वि भेगका गाउँ गाउँबाट तथा हस्पिटलचोकको पूर्वतिरबाट कमाण्ड गरेको, त्यो बेलामा जनउभार ल्याउन र परिवर्तनका लागि छाति खुल्ला गरेर होमिएको बताउनु भयो ।

कार्यक्रको सहजिकरण रेडियो अन्नपूर्णकर्मी बासुदेव मिश्रले गर्नुभएको थियो भने कार्यक्रमको आरम्भमा अन्नपूर्णकर्मि आरजू विष्ट सल्यानीले जनआन्दोलन र परिवर्तनका लागि रेडियोले खेलेको भूमिकाको बारेमा बोल्नु भएको थियो ।

रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले गणतन्त्र स्थापनामा रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै अहिले रेडियो सञ्चालनमा चुनौति रहेको उल्लेख गर्नुभयोे

यसैबीच, रेडियो अन्नपूर्ण ९३.४ यही वैशाख १२ गतेदेखि रजत वर्षमा प्रवेश गरेको सन्दर्भमा विभिन्न सामाजिक, रचनात्मक, सन्देशमूलक कार्यक्रमहरु गरेर रजत वर्ष मनाईरहेको छ ।

रेडियोले रजत वर्षको सुरुवात पोखरा १४ मा रहेको बाच्छेबुडुवास्थित वात्स्यायन बृद्धाश्रमबाट सहयोग हस्तान्तरण गरेर सुरु गरेको थियो ।

कार्यक्रम रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0