नारायण शर्मा/नवलपरासी, १९ पुस । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिंगले त्रिवेणी दुम्कीवास सडक तत्काल खोल्नका लागि प्राबिधिक काम अघि बढाउन मातहातका कर्मचारीलाई निर्देशन दिएका छन्।

शनिवार बिहान त्रिवेणी दुम्कीवास जोड्ने सडक संजाल नहुँदा त्रिवेणीवासीलाई ठुलो समस्या भएको गुनासो गर्न पुगेका स्थानिय सुरज गुरुङको टोलिको कुरा सुनेपछि मन्त्री घिसिंगले सडक बिभागका महानिर्देक बिजय जैशिलाई टेलिफोन गरेर तत्काल काम अघि बढाउन निदेशन दिएका हुन।

पूर्वी नवलपरासीको दुई नम्बर क्षेत्रमा पर्ने त्रिवेणीधामका स्थानिय बासिन्दा आफनो गाउपालिका कार्यालय पुग्न ४७ किलोमिटर घुमाउरो लुम्वीनी प्रदेशको सडक हुदै जान पर्ने बाध्यताको अन्त्य गर्न त्रिवेणी दुम्कीवास सडक खोल्न माग गर्दै निवासमा पुगेका स्थानियबासिन्दाको गुनासो सुनेपछि मन्त्री घिसिंगले सडक बिभागका महानिर्देशक बिजय जैशिलाई काम अघि बढाउन निर्देशन दिएका हुन्।

पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकाका वडा नम्बर ६ र ७ त्रिवेणीधाममा म अस्ती पुगेका थिएँ सडक बिभागका महानिर्देशक बिजय जैशिलाई मन्त्री घिसिंगले टेलिफोनमा भने त्रिवेणी दुम्कीवास सडक खोल्नकालागि तत्काल आइइइ र डिपिआरको काम अघि बढाइदिई हाल्नुस् त्रिवेणीका बासिन्दा आफनै पालिका कार्यालय पुग्न ३ घण्टा समय लाग्ने भएका कारण आजित रैछन् धेरै दुःख रैछ । घिसिंगले महानिर्देशकलाई भने त्यहाँको काम चाँडो आज भोलिमै अघि बढाइदिनुस्। त्यसरी जनताले बर्षौसम्म दुःख पाउनु लाजको बिषय हो घिसिंगले भने ।

पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ भारतीय सिमानासंग जोडिएको त्रिवेणीधाममा पर्दछ । त्रिवेणीका बासिन्दा आफनो गाउँपालिकाको कार्यालय दुम्कीवास पुग्न त्रिवेणी बर्दघाट, दाउन्ने हुदै ४६ किलोमिटर टाढा दुम्कीवास आउनु पर्ने बाध्यता छ ।

गण्डकी प्रदेश सरकारले हरेक वर्ष त्रिवेणी दुम्कीवास (छोटो दुरीको सडक ) निर्माण गर्ने भन्दै हल्ला गरिरहने र काम नभएका कारण स्थानिय सुरज गुरुङको नेतृत्वमा एक टोलि मन्त्री कुलमान घिसिंगलाई भेट्न शनिवार मन्त्री निवास काठमाण्डौमा पुगेको हो ।

अघिल्लो साता मन्त्री घिसिंग त्रिवेणी पुग्दा स्थानियले तत्काल त्रिवेणी दुम्कीवास सडक निर्माणको काम अघि नबढाउने हो भने आफुहरुलाई लुम्वीनी प्रदेशमा गाभ्न माग गरेका थिए ।

त्रिवेणीवाट २२ किलोमिटर सडक निर्माण हुन सके महेन्द्रराजमार्ग रहेको दुम्कीवास बजार पुग्न सकिन्छ । त्यो सडकको ७ किलोमिटर छिचोले दुम्कीवास पुगिन्छ । २०६० सालमा त्रिवेणीधाम स्थित गजेन्द्र मोक्षधामका पिठाधिश कमलनयाचार्यले श्रमदान गराएर त्रिवेणीदेखि दुम्कीवास जोड्ने सडक छिचोल्ने काम गरेका थिए । त्यसपछि वन कार्यालयले त्यो सडक आवागमनमा रोकेका कारण त्यहाँबाट आउजाउ हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0