पोखरा, ५ पुस । शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिनु भएकी, पाककला, गृह विज्ञानकी पाेख्त व्यक्तिलाई गुमाउदा पोखरा र शैक्षिक क्षेत्र स्तव्ध भएको छ ।

पोखरामा शिक्षासेवीहरुको नाम लिनुपर्दा उहाँ पनि एक सम्माननिय व्यक्ति हो अर्थात सबैले माया गरेर संवोधन गर्ने नाम जगदम्बा म्याडम ‘जगदम्बा गुरुङ’ ।

विद्यालय, कलेजमा होस् वा घरछिमेकमा, देखे भेटेका जो कोहिसंग पनि उहाँको पहिलो प्रश्न खानपान र स्वास्थ्यसंग जोडिएको हुन्थ्यो । स्वस्थकर खाना बनाउनुपर्छ । विभिन्न तरिकाले बनाउनुपर्छ र त्यसले स्वास्थ्य पनि राम्रो हुन्छ भनेर सल्लाह दिने र सिकाउनु हुन्थ्यो ।

समाजमा मिलनसार र सहयोगिको खम्बा नै भएको उहाँलाई चिन्ने जो कोहिले बताउछन् । तर उहाँले यही २०८२ पुस ४ गते ८६ वर्षको उमेरमा यस घर्तिलाई छोडेर जानु भयाे । उहाँको मणिपाल शिक्षण अस्पातलमा उपचारको क्रममा निधन भएको हो । उहाँको जन्म १९९६ पुस १६ गते भएको थियो ।

उहाँकी आमा असारीदेवी र पीता बल बहादुर गुरुङ हुनुहुन्थ्यो । उहाँले त्यो बेलाको पद्मकन्या विद्याश्रम अर्थात अहिलेको पद्मकन्या कलेजमा अध्ययन गर्नुभएको हो । त्यसपछि उहाँले पिएन क्याम्पसमा अध्ययन गर्नुभयो ।

उहाँ पोखरा आएपछि २०१६ साल जेठ ४ गतेदेखि २०२० सम्म अमरसिंहमा स्थापना भएको उ बेलाको सोल्जर बोर्डमा अध्यापन गर्नुभयो । रत्नराज्य मावि नदीपुरमा २०२५ देखि २०५६ सम्म गृह विज्ञान अध्यापन गराउनु भयो भने कन्या क्याम्पसमा २०४८ देखि २०६५ सम्म गृह विज्ञान अध्यापन गराउनु भएको थियो ।

उहाँले शिक्षा पुरस्कार, जर्जजोन शिक्षा प्रतिष्ठानबाट शिक्षा पुरस्कार, राष्ट्रिय शिक्षा पुरस्कार दुई पटक पाउनु भएको थियो । उहाँको गायन, नृत्य तथा साहित्यमा पनि रुचि थियो । बेला बखतमा नाटकमा भूमिका निर्वाह गर्नुभएकी उहाँले रेडियो नेपालमा गएर गीत पनि गाउनु भएको थियो ।

स्वर्गिय जगदम्बा गुरुङका पति महेन्द्र सिंह थापा हुनुहुन्थ्यो । उहाँ पोखरा बहुमुखि क्याम्पसका भूतपूर्व प्रमुख तथा पिएन क्याम्पसका इतिहास विभाग प्रमुख हुनुहुन्थ्यो ।

स्व. गुरुङले तत्कालिन राजा महेन्द्रको पालामा पोखरामा सांस्कृतिक कार्यक्रमको संयोजन र प्रस्तुति देखाउनु भएको थियो ।
उहाँका १ छोरा दीपेन्द्र थापा, बुहारी दीपा थापा, छोरीहरु अञ्जली थापा, मञ्जुश्री मल्ल र रुवी थापा रहनु भएको छ । उहाँको आजै पोखरा महानगरपालिका वडा नं ३ स्थित तुलसीघाटमा अन्त्येष्ठि गरिएको छ । उहाँलाई छोरा दीपेन्द्र थापाले दागवत्ति दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0