
काठमाडौं, २५ मङ्सिर । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली शेयर बजारमा गिरावट भएर काराेबार बन्द भएकाे छ । अघिल्लो दिन बुधबार पनि नेप्सेमा सामान्य गिरावट भएर काराेबार बन्द भएकाे दृश्यले यसदिन पनि निरन्तरता दिएकाे छ ।
नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.११ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.१० अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेको छ।
बुधबारकाे तुलानामा कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ७३ करोड रुपैयाँबराबरको काराेबार भएकाेमा यसदिन ३२६ कम्पनीहरुकाे ६९ हजार ७२९ पटक भएकाे कारोबारबाट ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँबराबरको ७७ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयमार सकारात्मक सर्किट लागेकाे छ । ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशत बढी बढेको छ । श्रीनगर एग्रीटेकको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ भने मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा ङादी ग्रुप पावर अगाडी रहेको छ। कम्पनीको १८ करोड ९७ लाख रुपैयाँबराबरको शेयर काराेबार भएकाे छ। श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको करिब साढे १२ करोड तथा सागर डिष्टिलरीको साढे ९ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये ५ वटामा हरियाे लागेकाे छ । बाँकी रहेका ८ उपसमूहहरुमा राताे लागेकाे छ । बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य रुपले बढेको छ ।





















