
पोखरा, १३ मंसिर । नेवा खलः कास्कीले स्थापना गरेको रुपैयाँ १ लाख राशीको कास्की नेवाः रत्न सिरपा पुरस्कारको पहिलो संस्करण शनिबार पोखरा भैरव टोल स्थित भैरब संस्कृति संरक्षण समितिलाई अर्पण गरिएको छ ।
२०२९ सालदेखि निरन्तर रुपमा भैरब नृत्य, संस्कार र विभिन्न साँस्कृतिक पक्षहरुको संरक्षण र प्रवर्धन गर्दै आएको सो समितिलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार, संस्कृतिविद तुलसी दिवशले अर्पण गरेका हुन् ।
समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गलाई पुरस्कार अर्पण गरिएकाे सो अवसरमा संस्थाका अध्यक्ष अशोक पालिखे, छनौट समितिका संयोजक तीर्थ श्रेष्ठ लगायतले सघाएका थिए ।

कार्यक्रममा सहभागिलाई स्वागत गर्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले २ वर्ष अगाडी विराटनगरमा नेवाः खल कास्कीलाई पुरस्किृत गरेपछि त्यसै समारोहको प्रेरणाले बसको यात्रा गर्दा बसमै भएको सल्लाह अनुसार कास्की नेवाः रत्न सिरपाको जन्म भएको बताए । उनले बसको यात्रामै रहेको बेलामा साढे ७ साख उठेको सुनाए ।
हामीले समाजमा राम्रै गरेका रहेछौं भन्ने कुरा विराटनगरमा भएको सम्मान, गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान लगायतका सम्मानबाट प्रष्ट भएको बताए ।
समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि दिवशले पोखरा भाषा, साहित्य, संस्कार र संस्कृतिको जगेर्नाको क्षेत्र भएको र यहाँकावासिहरु यसका लागि लागिपरेको देख्दा छाति चौडा भएको अनुभूति भएको बताए ।

प्रमुख अतिथि दिवशले जिवनलाई नजिक बनाउन, एकतामा ल्याउन र विश्व परिवेशलाई चिनाउन भाषा, संस्कार र संस्कृति बाहेक अरु केहि नभएको बताए । हरेक व्यक्ति संस्कृतिको जिवन्त रुप हो । उनले भने, सांस्कृतिक क्रियासिलतामा बाँच्नुपर्छ । यिनिहरु रहेनन् भने हाम्रो अस्तित्व नै हुँदैन ।
संस्कृतिमा कुनै प्रकारको विभेद नहुने, जहिले पनि र जो कसैका लागि सुन्दर भईरहने बताए । हाम्रा धेरै कुराहरुमा विमति हुन्छन् तर सांस्कृतिक कुराहरु, संस्कृतिका उपजहरु कुनै पनि जात, समुदायका लागि उत्तिकै राम्रो लाग्छन् र सहभागि हुन्छन् । मान्छेलाई ज्ञानि बन्नका लागि पुस्तक पढ्नु पर्दैन । बरु पूर्ण मानव भईदिए, मान्छे भएर बाँचिदिए पुग्छ भने । सो अवसरमा उनले जिवनलाई सार्थक बनाउन समाजका लागि सवल, सक्षम संस्कृतिको विकास, संरक्षण् र प्रवर्धनमा जोड दिए ।
मान्छे भएर बाँच्नुपर्छ । कोहि अग्ला होलान्, कोहि होचा होलान् तर हर समुदाय कसैमा कसैको विभेद हुनुहुँदैन । सबैलाइ बराबरी हेर्नुपर्छ र मान्छेले मान्छेको कल्याणको लागि काम गर्नुपर्छ । व्यवहार र आचरणमा सुद्धता हुनुपर्छ उनले भने ।
पुरस्कार छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले ८८ वर्षको उमेर युवाकालिन जोश जाँगरको जस्तै एक फोनको भरमा हुन्छ म पोखरा आउछु भन्नु भएका प्रमुख अतिथि तुलसी दिवश यहाँ आउनु नै सिंंगो संस्कृतिको धरोहर आफ्नै सामु पाउनु भाग्यको कुरा भएको बताए । साहित्य, संस्कृतिविद्ु दिवसले हालसम्म आफुले खर्च नगरि फेलोसिपमा ९० देशमा सांंस्कृतिक सेसनमा कुरा गरेको, २५ भाषामा उहाँ रचना प्रकाशन भएको बताउँदै श्रेष्ठले भैरब संस्कृतिलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्नुपर्ने बताए ।
सम्मानित भैरब संस्कृति संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले भैरब, कला, नृत्य र संस्कृति मल्लाकालिन राजाको पालाबाटै चलनमा आएको बताउँदै २०२९ सालमा समिति बनेपछि पोखरामा निरन्तर यसको संरक्षण र प्रवर्धनको काम गर्दै आएको बताए । उनले भने, यो महत्वपूर्ण संस्कृति हो । नृत्य गर्नका लागि कम्तिमा पनि १०० जना कलाकार चाहिन्छ । यो गणनृत्य भएको र रागमा आधारित भएकोले महत्वको भएको बताए ।
संस्थाका सल्लाहकार गणेश बहादुर श्रेष्ठले धर्म, संस्कार, संस्कृतिको संरक्षणमा लागिरहनु पर्ने बताए । नेवा खलः कास्कीको सक्रियताका कारण नेवा संस्कृतिको उत्थान भएको र यसको श्रीबृद्धिको काम भएको बताए । उनले सो अवसरमा नेवा जातिलाई उद्यमसिलतासंगे जोडेर लैजानुपर्नेमा जोड दिए ।
नेवा मिसा पुचककी अध्यक्ष संगिता बज्राचार्यले पूर्वजले धर्म, संस्कार, संस्कृति र चाडपर्व पुस्ता हस्तान्तरण गर्दै गएको कारण हामीले बाँच्न पाएकाे, अनुसरण गर्न पाएको बताईन् । हामीले पनि आफ्नो कला, भाषा, संस्कार र संस्कृतिका विभिन्न विषयमा काम गरिरहेकोले पछिल्लो पुस्ताले त्यसको सिको गरिरहेको बताईन् ।
कार्यक्रममा कोषको लागि संरक्षण् सदस्य तथा संस्थापक सदस्यहरु बनाइएको छ । संरक्षण् सदस्यले रु १ लाख र संस्थापक हुनका लागि रु ५० हजार दिनुपर्छ ।
कर्याक्रममा दुबैथरी सदस्यको योगदान दिनेहरु उत्तम द्वा, भक्तराज श्रेष्ठ, विनोद कायस्थ, सीता ढेवाजु, विश्वराज श्रेष्ठ, दशरथमान बुद्धाचार्य, विनोद वैद्य, सोभितमान बुद्धाचार्य, धर्मेन्द्र बाटाजु, रोशन महर्जन, राजेश पालिखे,अर्जुन कुमार ताम्राकार, बाबुराम कायस्थ र अनिल कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको






















