
काठमाडौं, ११ मङ्सिर। साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक सकारात्म बनेकाे छ । बितेका पाँच दिनदेखि नेप्सेकाे यात्रा लगातार उकालाे लागिरहेकाे छ।
नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर राेकिएकाे छ। सेन्सेटिभ इण्डेक्स २.४८ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.१४ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंकले बढेको छ।
यसदिन नेप्से बढेकाे भएपनि कारोबार रकममा केहि कमि देखिएकाे छ। बुधबार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा आज ३३३ कम्पनीकाे ८६ हजार १७० पटकको शेयर कारोबार हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता शेयरकेा कराेबार भएकाे हाे ।
सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतले बढेको छ। हिमस्टार उर्जा तथा फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.७८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अगाडी रहेकाे छ। कम्पनीको ४० करोड १७ लाख रुपैयाँबराबरको काराेबार भएकाे छ। ङादी ग्रुप पावरको १६ करोडकाे काराेबार भएकाे छ । हिमालयन रि इन्स्योरेन्सको १६ करोडकाे काराेबार भएकाे छ।
१३ उपसमूहहरुमध्ये ८ उपसमूहहरुमा हरियाे लागेकाे छ । ५ वटामा राताे लागेकाे छ। बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा बढी १.४७ प्रतिशत बढेको छ। वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहमा सामान्य गिरावट भएकाे छ ।























