वीरगञ्ज (पर्सा), ११ मङ्सिर। वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा रु २१ करोड तीन लाख ९६ हजार ४०८ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले सो अवधिमा सम्पत्ति करतर्फ रु सात करोड ५६ लाख रकम सङ्कलन गरेको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गरे। “महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आइरहेका छौँ ।

यद्यपी अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने सङ्कलन हुन सकिरहेको छैन,” उनले भने, “यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ ।” महानगरले चालु आवको चार महिनामा भूमिगत÷मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै घरवहाल करतर्फ भने रु एक करोड ६० लाख ८६ हजार रकम उठाएको छ । त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने रु दुई करोड राजस्व सङ्कलन गरेको छ ।

अखेटोपहारमा लाग्ने करतर्फ भने रु पाँच करोड १० लाख राजस्व सङ्कलन गरेको छ । अन्य सेवा शुल्कतर्फ भने रु एक करोड ४९ लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0