काठमाडौं १० मङ्सिर । वित्तीय प्रणालीमा अधिक तरलता रहेपछि राष्ट्र बैंकले आज थप ३० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेकाे को छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी विस्तार गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता रहेकोले त्यसाे गर्न लागिएकाे हाे ।

राष्ट्र बैंकले दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ । निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने भएका छन् ।

राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने जनाएकाे छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने भएका छन् ।

यसकाे अवधि ४२ दिनकाे लागि हाे । साे निक्षेप संकलन उपकरणको २०८३ पुस २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0