
काठमाडौं, ८ मङ्सिर । साताको शेयर काराेबार हुने दाेस्रो दिन साेमबार नेपाली शेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसदिन पनि नेप्सेमा बृद्धि भएकाे छ ।
नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ७.८४ अंकले बढेको छ । फ्लोट इण्डेक्स ३.४६ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंकले बढेको छ।
साेमबार कारोबार रकममा पनि बृद्धि भएकाे छ। हिजाे ६ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यसदिन ३३० कम्पनीहरुकाे ७९ हजार ७१४ पटकको शेयर कारोबार हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँबराबरको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर किनबेच भएकाे छ।
झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एन्डष्ट्रीजको शेयरमा सकारात्मक सर्किट लागेकाे छ ।
सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशतले बढेको छ भने माबिलुङ्ग इनर्जीको शेयरमूल्य ४.४४ प्रतिशत घटेको नेप्सेले जनाएकाे छ।
कारोबारकाे आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडी रहेकाे छ। इन्स्योरेन्सको २४ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको साढे २४ करोड र हिमालयन रि इन्स्योरेन्सको साढे २० करोड रुपैयाँकाे काराेबार भएकाे छ।
साेमबार १३ वटै उपसमूहहरुमा हरियाली छाएकाे छ। जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९४ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशत बढी र बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशत बढी बढेको नेप्सेले जनाएकाे छ।























